Kanakai Online

सोमनाथ उप्रेती निर्विरोध


शनिवार, पौष ७, २०७५ |

कनकाई अनलाईन ।
कनकाई उद्योग बाणिज्य संघको यसैबर्षदेखि श्रृजना गरिएको बरिष्ठ उपाध्यक्षको पदमा बाम प्यानलबाट उम्मेद्धारी दिएका सोमनाथ उप्रेती निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसको प्यानलबाट उम्मेद्धारी दिएका अर्का प्रत्यासी श्याम पौडेलको उम्मेद्धारीमा उजुरी परेपछि सोमनाथ उप्रेतीको मात्रै सो पदमा उम्मेद्धारी परेकाले उप्रेती उक्त पदमा बिजयी भएको निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुडाल प्रकाशले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।
आगामी पुस १२ गते हुने निर्वाचनमा १७ पदका लागि हुन गइरहेको निर्वाचनमा एक पद सर्बसम्मत बनेपछि अध्यक्ष , उपाध्यक्ष , महासचिव , कोषाध्यक्ष सहित बाकी १६ पदका लागि दुई प्यानलबाट ३२ प्रत्यासीले उम्मेद्धारी दिएर भोट माग्न घरदैलो गरिरहेका छन । आज २ बजेसम्म दिएको उम्मेद्धारी फिर्ताको समयसिमामा उद्योग उपाध्यक्षमा उम्मेद्धारी दिएका एकमात्र उम्मेद्धार डिल्ली पाठकले फिर्ता लिएको निर्वाचन समितिका सदस्य ज्योतीकुमार उप्रेतीले बताए । सो पदमा यसअघि ३ उम्मेद्धारहरु अनिल गोयल , पुण्यप्रसाद सिटौला र पाठकको उम्मेद्धार परेको थियो । बाम प्यानलबाट उम्मेद्धारी दिएका पाठकले उम्मेद्धारी फिर्ता लिएसगै अव बाम प्यानलबाट गोयल र कांग्रेस प्यानलबाट सिटौलाको मात्रै उम्मेद्धारी परेको छ ।

सम्बन्धित खबर