कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा मुख्य कार्यालय रहेको भिमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नरेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ ।
संस्थाको कनकाई सामुदायिक वन समुहमा भएको आठौ बार्षिक साधरणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । श्रेष्ठ यसअघि संस्थाको उपाध्यक्ष रहनुभएको थियो । यसैगरि समितिको उपाध्यक्षमा रत्नकुमार श्रेष्ठ सचिवमा कमलप्रसाद भट्टराई , सहसचिवमा यसोदा श्रेष्ठ र सदस्यहरुमा कृष्णबहादुर अधिकारी , भीमबहादुर श्रेष्ठ , गंगाप्रसाद श्रेष्ठ , भोलाहादुर श्रेष्ठ , भोजकुमारी श्रेष्ठ र दिव्यराज ढकाल रहनुभएको छ ।
यसैगरि तेजबहादुर प्रधानको संयोजकत्वमा कुमार पाठक र इन्द्रबहादुर क्षेष्ठ सदस्य रहनेगरि ३ सदस्यीय लेखा समिति र यसोदा श्रेष्ठ संयोजक रहने गरि प्रयागराज काफ्ले र पुरुषोत्तम ढकाल सदस्य रहेको ३ सदस्यीय ऋण उपसमिति समेत गठन गरिएको छ । कनकाई नगरपालिका वार्डनम्बर ३ का अध्यक्ष रुद्रप्रसाद चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले बर्षभरमा गरेको कारोवारमा उत्कृष्ट ऋणिका रुपमा कनकाई नगरपालिका ४ का राजकुमार श्रेष्ठ र कनकाई ३ की राधिका कार्की यसैगरि उत्कृष्ट वचतकर्तामा कनकाई नगरपालिका ३ की नर्बदा श्रेष्ठ , कनकाई नगरपालिका १ का भीमबहादुर मगर र कनकाई ५ की कविता कुमाललाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भरतकुमा श्रेष्ठले संस्थाले बार्षिक रुपमा गरेको प्रगति विवरण प्रस्तुत गर्दै संस्थामा हाल १६५ जना महिला र २ सय ८५ जना महिला र ३ संस्थागत गरि ४५० जना शेयर सदस्य रहेको र संस्थाको चुक्क्ता पुजी ९१ लाख ७१ हजार ८ सय रहेको र संस्थाले ५ लाख ६० हजार ९ सय १० रुपैँया खुद नाफा गर्न सकेको जानकारी दिनुभयो ।
कार्यक्रममा कनकाई बचत तथा ऋण समितिका अध्यक्ष लक्ष्मीप्रसाद पाठक , नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य तथा कनकाई साप्ताहिकका सम्पादक लीलाराज झापाली , लगायातले संस्थाले सामाजिक र आर्थिक गतिविधिमा महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो । कार्यक्रमको संचालन तेजु प्रधानले गर्नुभएको थियो ।