Kanakai Online

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन


बिहिवार, मंसिर २०, २०७५ |

कनकाई अनलाईन
कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ ।
कन्चनपुर कि १२ बर्षिय निर्मला पन्तको बलत्कार पछि भएको हत्याको दोषी लाई यतिका दिन बितिसक्दा पनि दुई तिहाइको सरकारले कानुनी कठघरामा उभ्याउन नसकेको र दोषी उम्क्याउन खोजिएको ले
सरकार संग बिस्बास हराउदै गएपछि सरकारलाई दबाब दिन देसभरीनै बिरोध बढीरहेकै बेला झापाको कनकाई नगरका सचेत युवाले पनि सुरुङ्गामा बिरोध र्यालि निकालेका छन ।
कनकाई नगर युवा समूह को आयोजनामा
ूबादल गर्जियो भने पानी पर्छ तर आज किन बादल मौन छू मुल ब्यानरको साथमा ूसरकार भेटियो, न्याय भेटिएनू , ूहत्यारालाई कार्वाही गरू , ूनारिलाई रेफ होइन सेभ गरू , ूप्रहरी हाम्रो साथी, बलत्कारि हत्यारा किन कानुन भन्दा माथि रुरुरुू , ून्याय नमिल्ने एकमात्र हाम्रो देस नेपालू , ूबलत्कारि लाई कार्वाही गरू , ूसरकार तिम्रो पाराले, दुख पाए सारालेू जस्ता नारा लेखीएको प्लेकार्ड सहित सरकार बिरोधि नाराबाजी गर्दै सुरुङ्गा बजार लगायत आसपासका गाउँ सडकमा समेत प्रदर्शन गरिएको थियो ।
सुरुङ्गा क्षेत्रमा रहेका विभिन्न क्याम्पसका बिद्यार्थी साथै कनकाई नगर भित्रका युवा समुहको सहभागीतामा भएको प्रदर्शन पछि सुरुङ्गा चोकमा गरिएको कोणसभाका बक्ताहरु बिजय पाठक, रोजन तिवारी , रवीन्द्र गुप्ता , निलम ढकाल लगायतले निर्मलाका दोषीलाई कानुनि दायरामा नल्याउनाले देसका नागरिकको जिउधनको सुरक्षाको अन्त्य भएको र भोलिका दिनमा पनि निर्दोष नागरिक हत्या हिंसा र बलत्कारको सिकार बन्न सक्नेमा चिन्ता ब्यक्त गर्दै सरकारलाई चाडो भन्दा चाडो दोषी पत्तालगाई कानुनी उपचार गर्न समेत माग गरेका छन ।