कनकाई अनलाइन
झापाको कनकाई सामुदायिक वन समुहभित्र लागेको आगो नियन्त्रणमा आएको छ ।
आज आइतवार दिउसो १ बजेतीर माइखोलामा पैँसा टिप्न आएका केहि स्कुले केटाहरुको समुहले लगाएको आगो जंगलमा फैलिन खोजेको र कनकाई वनका कार्यसमिति , सदस्यहरु इलाका प्रहरी कार्यालय , कनकाई उद्योग वाणिज्य संघका पदाधिकारी , वनका कर्मचारी र उपभोक्ताको सहभागितामा आगोलागेको २ घण्टामै नियन्त्रणमा लिइएको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीले बताउनुभयो । आगलागि नियन्त्रणका विर्तामोडबाट दमकल समेत आएको थियो ।