Kanakai Online

प्राध्यापक , प्रेसकर्मी मैनालीको निधन


मङ्गलवार, मंसिर ४, २०७५ |

कनकाई अनलाईन
कनकाई बहुुमुखी क्याम्पस सुरुङ्गाका सहप्राध्यापक तथा यस क्षेत्रका प्रेसकर्मी कुलेन्द्र मैनालीको आज विहान दुःखद निधन भएको छ ।
लामो समयदेखि सुगर र प्रेसरका विरामी मैनाली हिजोबाट स्वास्थ्यमा थप जटिलता थपिएपछि उपचारका लागि विर्तामोडस्थित विर्तासिटी हस्पिटल लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि मैनालीलाई उपचारका लागि विराटनगरस्थित नोवेल हस्पिटल लगिएको थियो । त्यहापनि उहाको उपचार सम्भव नभएपछि काठमाण्डौ थप उपचारका लागि लैजाने तयारी गर्दागर्दै आज विहान ४ बजेको समयमा मैनालीको ५७ बर्षको उमेरमा निधन भएको मैनालीका भाइ भुपिचन मैनालीले बताउनुभयो ।
मैनालीको मुटुको चारओटै भल्व बन्द भएकोले थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गर्दागदै निधन भएको परिवारले जनाएको छ । मैनालीकी श्रीमती अनुसा मैनाली , छोरा नविन र छोरी कृतिसाका साथ कनकाई ३ सुरुङ्गा बजारमा बसोवास गर्दै आउनुभएको थियो । मैनाली कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा अर्थसास्त्र विषय अध्यापन गराउनुहुन्थयो । उहा मैनाली एकता समाज झापाका सहसचिव लगायात धैरै संघ संस्थामा आवद्ध रहनुएको थियो ।
उहाँ लामो समयदेख सुरुङ्गामा अफसेट प्रेसको काम समेत संचालन गर्दै आउनुभएको थियो । समवेदनापत्र निर्माण डिजाइन र पुस्तक डिजाइन सेटिङ्ग र छपाइका लागि यस क्षेत्रमै व्यस्त रहनुभएका मैनाली एक सफल शिक्षाकर्मी र मुद्रण व्यावसायी समेत रहनुभएको थियो । उहाँका आज मंगलवार साझै पवित्र कनकाई माइमा अन्तिम संत्कार गरिएको छ । उहाको निधनमा कनकाई बहुमुखी क्याम्पस एकदिन विदा गर्ने र एकदिन शोकसभा गर्ने क्याम्पसका एक प्राध्यापकले जानकारी दिनुभयो ।

सम्बन्धित खबर