Kanakai Online

बन्द निषेधित नगरी कनकाईमा कस्ले गर्यो बन्द ???


बुधवार, कार्तिक २८, २०७५ |

कनकाई अनलाईन
झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै आज बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन ।
सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध र टायर बालेर विहानैदेखि सर्वसाधरणले सडक अवरुद्ध गरेका हुन । उनीहरुले आफ्नो आन्दोलनलाई टायर वालेर वातावरण प्रदुर्षण गरेको भन्दै वातावरणविदले विरोध गरेपनि उनीहरुले आफ्नो विरोधलाई रचनात्मक बनाउनका लागि विरोधको नारा समेत बाटोमा कवितामै लेखेका छन । लाग्न छाड्यो नगरपालिकाको भर ,
तत्काल बाटो निर्माण गर ,
जनताको स्वास्थ्यमाथि खेलबाड नगर
धुलो र धुवाले पुरियो हाम्रो घर
यसरी रोडमा कविताबाटै विरोध जनाएर यस क्षेत्रका सर्वसाधरण आन्दोलनमा उत्रिएका हुन । यस क्षेत्रका जनताहरुले आजसम्म गतिलो एकजनापनि नेता नपाउदा इतिहासकै पुरानो र सदरमुकाम जाने बाटोको यस्तो हविगत भएको स्थानीय बुद्धिजिवि डाक्टर आरएन संग्रौलाले बताए । जिल्लामा ठुला नेता भएका क्षेत्रमा दिनभरमा मुस्किलले २ वटा ट्क्याटर गुड्ने सडक रातारात कालेपत्रै भइसके तर झापाकै पुरानो सदरमुकाम जाने र दिनमै ५ सय वढी सवारी साधन गुड्ने यस अमरपथ सडकको हालत भने यस्तो छ , संग्रौलाले भने ।
स्मरण छ , यसअघि निर्वाचन जित्ने नेताहरुले यहि अमरपथ सडक बनाउने भन्दै भोट जित्दै आएका छन भने पछिल्लो समयको संघिय र प्रदेशसभाको आकर्षक चुनावी गित सुरुङ्गादेखि झापा बजार जोडने अमरपथ चार लेनको बाटो गित ज्यादै चर्चित बनेको थियो । अमरपथ सडक खण्डको वारेमा गितै बनाएर भोट मागेर निर्वाचन जितेपछि मतदाताले समेत विरोधका लागि सडकमा कविता लेखेर टागेरै विरोध जनाउनु परेको अर्का स्थानीयवाशी माधव भेट्वाल बताउछन । जनताको स्वास्थ्यमा खेलवाड नगर ,
धुलो र धुवाले पुरियो हाम्रो घर ।
अमरपथ सडक यसरी विहानैदेखि अवरुद्ध हुदा यस क्षेत्रहुदै हिड्ने हज्जारौ स्थानीयवाशी मर्कामा परेका छन । सडक खुलाउन सशस्त्र र जनपद प्रहरीको टोली परिचालन गरिएपनि सम्भव भने भएको छैन । झापाको सुरुङ्गा दक्षिण हुदै नेपालको सिमा लसुना जोड्ने २४ किलोमिटर सडक पटक पट्क कालोपत्रे भएपनि कमसल कालोपत्रे गरिदा ६ महिना नपुग्दै भत्किएर पिचलाई फेरि ग्राभेल बनाइदै आएको छ । बनिसकेको पिचबाटोलाई विग्रिदा टालटुल गर्नुको सट्टा पुन ग्राभेल गरिएपछि ठेकेदार कम्पनी र केहि मजदुरलाई रोजगारी दिन र सरकारको पैसा सक्न यस्तो हर्कत गरिएको आरोप स्थानीयको छ ।
तस्बीर सुरुड्गा टप्पुखण्डमा आज विहान टायर बालेर सडक अवरुद्ध पार्दै स्थानीय ः तस्बीर कनकाई अनलाईन