Kanakai Online

विएण्डसिमा छिनेको हात जोडियो


सोमवार, कार्तिक २६, २०७५ |

कनकाई अनलाईन
झापाको विएण्डसी हस्पिटलमा एक मजदुरको छिनेको हात जोडिएको छ ।
मोरङ्ग , रङ्गेली नगरपालिका ५ का ३५ बर्षिय प्रविन मण्डलको इटहरीस्थित आकाश फुड्र्समा काग गर्नेक्रममा छिनेको हात झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा जोडिएको हो । मण्डलको गत असोज २२ गते फ्याक्ट्रीमा मेशिन सफा गर्नेक्रममा साथीले अचानक मिशिनको स्वीज अन गरिदिदा उनको हात पुरै छिनेको हो ।
उपचारका लागि इटहरी हस्पिटल , विराटनगरको नोवेल , धरानको घोपा लगायातका अस्पतालमा लैजादा पनि चुडिएको हात नजोडिने भनिएपछि आफु उपचारको खोजीमा घटना भएको साढे ६ घण्टापछि धरानको घोपाबाट उपचारका लागि झापा विएण्डसिमा रेफर गरिदिएर आएको मण्डलका पिता गंगा मण्डलले बताउनुभयो । विएण्डसिमा डाक्टर निराजन पराजुली , डाक्टर इशाक खान लगायातको टोलीले छिनिएको नशा सिलाइ गरेर छिनेको हात जोडेका हुन । अव केहि महिना पछि छिनेको हड्डीलाई समेत अप्रेशन गरेर पुन जोडेपछि हातले पुर्णतय काम गर्ने उपचारमा संग्लन डाक्टर पराजुलीले बताउनुभयो । शरिरको कुनैपनि अङ्ग पुरै छिनेको ८ घण्टाभित्रमा अस्पतालमा आइपुगेको खण्डमा ६० प्रतिशतदेखि ८० प्रतिशतसम्म छिनेको अङ्ग जोड्न सकिने सम्भावना रहेको समेत डाक्टरले बताउनुभयो । यता अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पताल विश्वस्तरीय बन्न पाएकोमा अझ सेवामा लागिरहने बताउनुभयो ।
तस्वीर छिनेको हात  उपचारका क्रममा मण्डलको हात लीलाराज झापाली

सम्बन्धित खबर