Kanakai Online

झापा शरणामतीमा प्रदेश स्तरीय भलिवल सुरु


मङ्गलवार, कार्तिक २०, २०७५ |

कनकाई अनलाईन ।
झापा गाउँपालिका शरणामतीमा आजदेखि प्रदेश नम्बर १ स्तरीय राष्ट्रिय भलिवल प्रतियोगिता सुरु भएको छ ।
यस क्षेत्रका संघिय सांसद एलपि साँबा लिम्बुले शरणामतीको जनता माविमा भइरहेको प्रतियोगिताको उद्घान गर्नुभयो । प्रदेश नम्बर १ का कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा अहिलेसम्म ६ टिमले खेल खेलिसकेका छन ।
जसमा धनकुटाका २ टिम पाख्रीवास नगरपालिका र सागुरीगढी गाउँपालिका तथा तेस्रो खेलमा भद्रपुर नगरपालिका आआफ्नो खेलमा विजयी हुदै दोस्रो चरणमा प्रवेश पाएका छन । जसमा पाख्रीवास नगरपालिकाले झापाको बाह्रदशी गाउपालिकालाई , धनकुटाको सागुरीगढी गाउपालिकाले गतबर्षको विजेता झापाको विर्तामोड नगरपालिकालाई र तेस्रो खेलमा भद्रपुर नगरपालिकाले कनकाई नगरपालिकालाई पराजित गरेका हुन ।
पराजित टिममध्ये विर्तामोड वाहेक हरुसबै २ – ० को सोझो सेटमै खेल हारेका हुन । प्रतियोगिता पर्सी २२ गतेसम्म संचालन हुने र प्रतियोगितामा प्रथम , दोस्रो , तेस्रो र चौथो हुने टिमले क्रमश नगद ६१ ह्जार , ४१ ह्जार १५ हजार र १० हजार मेडल र ट्रफि पाउनेछन । झापाका भलिवल खेलाडीहरुको सो प्रतियोगिता जिल्लास्तरीय छनौट खेल समेत भएको आयोजक झापा जिल्ला युवा भलिवल परिवारका खेल संयोजक गजेन्द्र ताम्लीले बताए ।
प्रतियोगिताको उद्घाटनको अवशरमा संघिय सांसद माननीय एलपिसाँबा लिम्बु , झापा गाउपालिकाको उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी , वार्डअध्यक्ष हरिबहादुर बानिया , कनकाई उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना , कनकाई लायन्स क्लवका संस्थापक लीला चिमरिया , जनता माविका शिक्षक भक्त बहादुर बानिया , आयोजक समितिका सुमन प्याकुरेल लगायातले लामो समयदेखि यस क्षेत्रका युवाले भलिवल खेल खेलाएर खेलाडी उत्पादन र प्रवद्धनमाा मद्धत पुर्याएको बताउनुभयो । भलिवल प्रतियोगिताका लागि झापा गाउँपालिकाले मुख्य प्रायोजन गरेको र कनकाई नगरपालिका , कनकाई उद्योग बाणिज्य सघ , रानी सामुदायिक वन , कनकाई केवल नेटवर्क लगायातले आर्थिक तथा जिन्सि सहयोग गरेको खेल संयोजक गजेन्द्र ताम्लीले बताए ।

सम्बन्धित खबर