कनकाई अनलाईन
बडादशैंको अवसर पारेर आश्विन १३ गतेदेखि ३० गतेसम्म कनकाई–१ स्थित वन समूहको खेलमैदानमा सञ्चालन भएको प्रथम झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जुकेखाडी सामुदायिक वनले हात पारेको छ ।
फाईनल खेलमा सुन्दर निचाझोडा सामुदायिक वनलाई टईब्रेकरमा पराजित गर्दै १ लाख ११ हजार राशी सहितको यस बर्षको उपाधि जुकेखाडीले रक्षा गरेको हो । उपविजयी बनेको सुन्दर निचाझोडाले नगद ७५ हजार ५ सयमै चित्त बुझायो । बिजयी तथा उपबिजयी टिमलाई प्रमुख अतिथिझापा क्षेत्र नं४ का प्रतिनिधि सभा सदस्य , एसपि साँबा लिम्बु , प्रदेश सभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायातले नगद र ट्फि प्रदान गनुभयो ।
प्रतियोगितामा झापा जिल्लाका २६ वटा सामुदायिक वन समूहको सहभागिता रहेको थियो । खेलको विभिन्न चरण पार गर्दै सुन्दर निचाझोडा सामुदायिक वन विर्तामोड र जुकेखाडी सामुदायिक वन अर्जुनधारा वीच फाइनल खेल सम्पन्न भएको थियो । प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएको अन्तिम प्रतियोगिताको उपाधि जुकेखाडी सामुदायिक वनले हात पारेको आयोजक समितिका अध्यक्ष सूर्यकुमार थापाले जानकारी दिए । निर्धारित समयमा दुवै तर्फवाट १्१ गोल मात्र भएपछि प्रतियोगिताको निर्णय ट्राइबेकरवाट भएको हो । निर्धारित समयमा भएको खेलमा जुकेखाडीका विकास राईले र सुन्दर निचाझोडाका सन्जोग राईले गोल गरेका हुन् ।
खेलको म्यान अफ द म्याच जुकेखाडीका चेतन घतानी घोषित भए । खेलको म्यान अफ द टुर्नामेन्ट देउराली चारकोसे सामुदायिक वन कचनकवलका फूलकुमार राजवंशी घोषित भएको आयोजक समितिका सदस्य डम्बर घिमिरेले जानकारी दिए ।
सामुदायिक वन यूवा र प्रतिभा हाम्रो गहना, पर्यापर्यटनमा गैंडे आहाल प्रबद्र्धन हाम्रो चाहना’ भन्ने मूल अभियानका साथ आयोजना गरिएको प्रतियोगितासँगै पर्यापर्यटनलाई जोड दिई दिगो आम्दानीको स्रोत निर्माण गरी युवा शक्तिलाई दुव्र्यसनवाट टाढा राख्ने दीर्घकालिन योजनाका साथ प्रतियोगिता संचालन गरिएको सह आयोजकका रुपमा रहेको प्रजापति सामाजिक क्लबका अध्यक्ष दिपेश रिमालले बताएका छन् । यस प्रकारको खेलले सामुदायिक वन तथा युवाहरु वीचको एकता र सहकार्यलाई बढावा दिने भएकाले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने अध्यक्ष रिमालको भनाइ थियो । प्रतियोगिताका लागि कनकाई नगरपालिका र अन्य दातृ निकायबाट सह्योग भएको प्रजापति सामुदायिक वनका अध्यक्ष सुर्य थापाले बताउनुभयो ।