Kanakai Online

सामुदायिक वनको उपाधि रक्षाका लागि सुन्दर निचाझोडा र जुकेखाडी भिड्दै


आइतवार, असोज २८, २०७५ |

कनकाई अनलाईन
कनकाई / प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आयोजना साथै प्रजापति सामाजिक युवा क्लव सहआयोजक रहेको झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगिताको शनिवार भएको दोस्रो सेमी फाइनल खेलमा जुकेखाडी सामुदायिक वन अर्जुनधारा विजयी भएको छ । जुकेखाडी सामुदायिक वन र दहीझोडा सामुदायिक वन अर्जुनधारा विच सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै तर्फवाट १÷१ गोल भएपछि खेलको निर्णय ट्राइवेकरवाट भएको हो । निर्धारित समयमा भएको खेलमा जुकेखाडीका निरन तामाङ् र दहीझोडाका तर्फवाट विशाल राजवंशीले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच जुकेखाडीका गोल रक्षक सन्जय गुरुङ घोषीत भएको आयोजक समितिका सदस्य डम्वर घिमिरेले वताएका छन् ।
आइतवार तेस्रो स्थानका लागि हुने खेल हचुमासा सामुदायिक वन र दहीझोडा सामुदायिक वन अर्जुनधारा विच हुने छ भने प्रतियोगिताको निर्धारीत तालिका अनुसार ३० गते सोमवार अन्तिम फाइनल खेल सुन्दर निचाझोडा सामुदायिक वन विर्तामोड र जुकेखाडी सामुदायिक वन अर्जुनधारा विच हुने आयोजक समितिका अध्यक्ष सुर्यकुमार थापाले वताएका छन् ।
कनकाई नगरपालिकाको वडा नं. १ स्थित वन क्षेत्रको आफ्नै खेल मैदानमा असोज १३ गते शनिवारदेखी संचालन भएको प्रतियोगितामा झापा जिल्लाका २६ वटा सामुदायिक वनहरुको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष थापाले वताएका छन् । फुटवलसँगै पर्यापर्यटन संचालन गर्दै दिगो आम्दानीको स्रोत निर्माण गरी युवा शक्तिलाई दुव्र्यसनवाट टाढा राख्ने दिर्घकालिन योजनाका साथ प्रतियोगिता संचालन गरीएको समितिका अध्यक्ष थापा वताउँछन् ।
असोज ३० गते मंगलवार सम्पन्न हुने प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ र तेस्रो हुने टिमलाई ४१ हजार १ सय ११ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरीने आयोजक समितिले जनाएको छ ।

सम्बन्धित खबर