Kanakai Online

डिफेन्डिङ्ग च्याम्पियन अर्जुनधारा झापा गाउँपालिकासग स्तब्ध


मङ्गलवार, असोज २३, २०७५ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा शुक्रवारदेखि सुरु तेस्रो अन्तरपालिका स्तरीय फुटवलमा गत बर्षको डिफेडिङ्ग च्याम्पियन अर्जुनधारा नगरपालिका झापा गाउँपालिकासग २–१ गोल अन्तरले पराजित भएको छ ।
यो पराजय सगै रनिङ्ग शिल्ड आफैसग राख्ने अजुनधारा नगरपालिकाको सपना तुहिएको छ ।
झापा गाउँपालिकाको जितमा म्यान अफ द म्याच समेत बनेका खेलाडी पारवना मुर्मु नायक बने । उनले एक्लै २ गोल गरे । मुर्मुले खेल सुरु भएको केहि मिनेटमै गोल गरेर झापा गाउँपालिकालाई अग्रता दिलाए । दोस्रो हाफमा अर्जुनधाराका खेलाडीले गोल गरेर खेल बराबरीमा रोके पनि खेल सकिन केहि मिनेट बाकी रहेको बेलामा मुर्मुलेनै पुन गोल गर्दै झापा गाउँपालिकालाई जितसम्ममा पुर्याए । झापा गाउँपालिका यसबर्षमात्रै खेलमा सहभागि भएको टिम हो ।
अर्जुनधारा अघिल्लो बर्षको बिजयी टिम समेत हो । यो जितसगै झापा गाउँपालिका सुरुङ्गामा जारी तेस्रो अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरेको छ । झापा गाउँपालिकाले यस अघि समेत कमल गाउँपालिकालाई पराजित गरिसकेको छ । यसैगरि हिजो सोमबार भएको खेलमा बाह्रदशी गाउँपालिकाले शिवसताक्षी नगरपालिकालाई ट्राई ब्रेकरमा पराजित गर्दै क्यार्टर फाईनलमा प्रवेश गरेको छ । खेल समय गोलरहित बराबरीमा सकिएपछि म्याच रेफ्रि सन्तोस चौधरीले खेलको निर्णय सोझै ट्राई ब्रेकरबाट गराएका थिए । जसमा बाह्रदशी गाउँपालिकाले ३– ४ ले बाजी मारेको हो । भोली बुधवारको खेल गौरादह नगरपालिका र बाह्रदशी गाउपालिकाविच हुने मिडिया संयोजक झलक सिटौलाले बताए ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भइरहेको सो प्रतियोगितामा अघिल्ला संकरणहरुमा नगरपालिकाहरुले मात्रै सहभागिता रहदै आएकोमा यसबर्षदेखि भने झापाका सबै पालिकाहरुले सहभागिता जनाएका छन । प्रतियोगितामा आयोजक कनकाई सहित हल्दीवारी , झापा गाउँपालिका , विर्तामोड , अर्जुनधारा , गौरादह , कमल , दमक , शिवसताक्षी र बाह्रदशी गरि १० पालिकाहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैँया पाउने आयोजक समितिका सचिव दिनानाथ खतिवडाले बताउनुभयो ।
 

सम्बन्धित खबर