Kanakai Online

कनकाईको पालिका फुटबलमा आजको खेलमा दमकको कठिन जित


शनिवार, असोज २०, २०७५ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा जारी तेस्रो पालिकास्तरीय फुटबलमा विर्तामोडलाई ट्राई ब्रेकरमा हराउदै दमक दोस्रो चरणमा प्रवेश गरेको छ ।
निर्धारित समयमा विर्तामोड र दमकको खेल १÷१ गोल अन्तरमा सकिएपछि खेलको नतिजा म्याच रेफ्रि सन्तोस चौधरीले सोझै ट्राई ब्रेकरबाट गर्नुभयो । जसमा दमकका खेलाडीले बाजी ३–४ ले मारेका हुन । खेल अवधिमा दुबै टिमको समान १÷१ गोल भएको थियो । जसमा विर्तामोडका खेलाडी आशिस चापागाँई र दमकका खेलाडी प्रविन राईले समान १÷१ गोल गर्नुभएको हो । खेलको म्यान अफ द म्याच दमकका गोलकिपर सुजन लिम्बु भए उनले नगद १ हजार खेलप्रेमी युवा गोविन्द सुवेदीले प्रदान गरे भने प्रत्येक गोल गर्ने टिमलाई समेत हौसलाका लागि निर्माण व्यावसयी ठेकेदार सचिन लामाले नगद २ सयका दरले पुरस्कार प्रदान गर्नुभयो ।
यसैविच हुने खेल कमल गाउँपालिका र झापा गाउँपालिकाविच हुने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका मिडिया संयोजक झलक सिटौलाले कनकाई अनलाईनलाई जानकारी दिनुभयो । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा झापाका १० स्थानीय निकायको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ रुपैँया पाउने आयोजक समितिका अध्यक्ष दुर्गा प्रसाईले बताउनुभयो ।
तस्बीर ः उत्कृष्ट खेलाडीलाई नगद दिदै निर्माण व्यावसायी सचिन लामा

सम्बन्धित खबर