Kanakai Online

आयोजक बिजयी


शनिवार, असोज २०, २०७५ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा हिजो शुक्रवारदेखि तेस्रो अन्तरपालिका स्तरीय फुटवल सुरु भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भइरहेको सो प्रतियोगितामा अघिल्ला संकरणहरुमा नगरपालिकाहरुले मात्रै सहभागिता रहदै आएकोमा यसबर्षदेखि भने झापाका सबै पालिकाहरुले सहभागिता जनाएका छन । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको सो प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य हिरा थापाले गर्नुभयो । १० टिम सहभागि भएको प्रतियोगिताको उद्घाटन खेलमा हल्दीबारी गाउपालिकालाई कष्टपुर्ण जित निकाल्दै आयोजक कनकाई नगरपालिका दोस्रो चरणमा प्रवेश गरेको छ ।
६० मिनेटको खेल गोलरहित बराबरीमा रोकिएपछि खेलको नतिजा खेल रेफ्री सन्तोस चौधरीले सोझै पेलान्टी सुट आउटमा गरेका थिए । तर पेलान्टी सुट आउटबाट पनि नतिजा नकिल्किएपछि खेलको नतिजकालागि सडेन डेथमा लगिएको थियो । जसमा कनकाई ५–४ गोल अन्तरले बिजयी भयो । आजको खेल उपाधिको दावेदार मानिएको दमक र विर्तामोड बिच ठिक ३ बजे कनकाई माविको खेल मैदानमा हुने मिडिया संयोजक झलक संग्रौलाले कनकाई अनलाईनलाई बताउनुभयो । प्रतियोगितामा आयोजक कनकाई सहित हल्दीवारी , झापा गाउँपालिका , विर्तामोड , अर्जुनधारा , गौरादह , कमल , दमक , शिवसताक्षी र बाह्रदशी गरि १० पालिकाहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैँया पाउने आयोजक समितिका सचिव दिनानाथ खतिवडाले बताउनुभयो ।कार्यक्रम प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर