कनकाई अनलाइन
सुरुङ्गा , असोज १० गते । झापाको कनकाई नगरपालिकामा संचालित प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि विराटनगर र युथ क्लव राजविराजविच प्रतिस्पर्धा हुने भएको छ ।
बुधवार भएको दोस्रोल सेमिफाइन खेलमा खुकुरी क्लव भैरहवालाई ५ विकेटले हराउदै विराटनगर बिजयी भएपछि शुक्रवारको फाइनल खेलका लागि विराटनगरले राजविराटसगको पक्का गरेको हो । बुधवार भएको खेलमा पहिलो ब्याटिङ्ग गरेको भैरहवाले ७ विकेटको क्षतिमा १३० रन जोडेको थियो । बुधवारको खेलमा दुबै टिमबाट अधिकांस राष्ट्रिय खेलाडीहरुले खेल्नुभएको थियो । भैरहका ब्याटम्यानहरु मिनाल गुरुङ्गले २९ र निश्चल चौधरीले ३५ रन जोड्नुभएको थियो भने विराटनगरबाट श्रवण यादव र अजय चौधरीले समान २÷२ विकेट लिनुभयो । १३१ रनको मध्यम स्कोरको लक्ष्य विराटनगरले १८ ओभर ३ वल खेल्दै ५ विकेटको क्षतिमा पुरा गरेको थियो । विराटनगरका तर्फबाट मंजिल श्रेष्ठले २९ र सिद्धान्त लोहनीले १९ रन बनाउनुभएको थियो भने अजय राजबंशी र अमर राउटेलाले नटआउट १७ र १८ रन जोड्नुभयो । भैरहवाका तर्फबाट रमेश कुर्मी र एकलाख अहमतले समान २÷२ विकेट लिनुभयो ।
विराटनगरका तर्फबाट २ विकेट र नटआउट १७ रन ल्याउनुहुने अजय राजवंशी म्यान अफ द म्याच हुनुभयो । उहाँलाई आयोजक समितिका अध्यक्ष निशेष ओलीले नगद २ हजार र ट्रफि प्रदान गर्नुभयो । स्थानीय कनकाई चेतना युवा क्लव र ह्वाइट वास क्लवको आयोजनामा भइरहेको क्रिकेट प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजयी तथा उपविजयी हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार रुपैँया पाउने छन ।
म्यान अफ द म्याचको पुरस्कार लिदै विराटनगरका अजय राजबंशी ः लीलाराज झापाली