Kanakai Online

पर्यटकिय नगरीमा धमाधम ठुुला लगानीका होटल


आइतवार, असोज ७, २०७५ |

कनकाई अनलाईन
झापाको चर्चित पर्यटकिय क्षेत्र दोमुखामा ठुलो लगानीमा होटल संचालनमा आएको छ ।
स्थानीय ४ व्यावसायीहरु राजेश खड्का , शान्ता लामा , विष्णु केसी र टंक बस्नेतले ४ करोड रुपैँयाको लगानी गरेर पुर्वकै पर्यटकिय क्षेत्रमा होटल दोमुखा पालीघर संचालनमा ल्याएका हुन । ४ कठ्ठा जमिनमा रहेको होटलको प्रतिनिधिसभा सदस्य एलपीसाँबा लिम्बु र प्रदेशसभा सदस्य हिराकुमार थापले शनिवार एकसाथ उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै सांसद साँबाले अबको नेपालको आर्थिक समृद्धि पर्याटनबाट मात्रै सम्भव हुने बताउनुभयो । प्रदेशसभा सदस्य थापाले प्रदेशबाट यस रमणिय स्थानको विकासका लागि यस आर्थिक बर्षमा ५० लाख रुपैँया विनियोजन गरिएको बताउनुभयो । कार्यक्रमको संचालन संचारकर्मी मोहन नेम्बाङ्गले गनुभएको थियो ।
शिवसताक्षी नगरपालिका १० नम्बर वार्डमा पर्ने यस पुर्व क्षेत्रकै वढी आन्तरिक तथा बाह्य पर्यटक आउने दोमुखा क्षेत्रमा हालसम्म आवाश सहितको एउटापनि होटल नहुदा पर्यटकहरु बास बस्नका लागि २० किलोमिटरको दुरीमा रहेको नजिक्कैको शहर विर्तामोड तथा दमक जान बाध्य थिए । यसैविच आधा दर्जन पर्यटकिय क्षेत्र रहेको झापा कनकाई नगरपालिका क्षेत्रको सुरुङ्गामा समेत स्थानीय युवा व्यावसायी ख्याम ओलीले १२ करोडको लागतमा होटल डिलाइट ७ बर्ष पहिलेनै खोलीसक्नुभएको छ । हाल खुलेको दोमुखा पाली र डिलाईट होटलको दुरी ५ किलोमिटरको दुरीमा रहेको छ ।