कनकाई अनलाइन
झापाको सुरुङ्गामा जारी टिभिएस प्रथम अन्तर प्रदेश टि –ट्वान्टी क्रिकेट प्रतियोगितामा आइतवारको आजको खेलमा युथ क्रिकेट क्लव राजविराज बिजयी भएको छ ।
राजविराजले मकवानपुर क्रिकेट एकाडेमी हेटौलालाई १०४ विशाल रनको फरकले हराउदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।
पहिलो टच जितेर ब्याटिङ्ग रोजेको राजविराजले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७६ रनको विशाल योगफल जोडेको थियो । राजविराजका तर्फबाट राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहिसक्नुभएका खेलाडीहरु महवुव आलमले अर्धसतक ५० रन तथा अर्का राष्ट्रिय खेलाडी अमृत यादवले ४७ रन जोड्न सफल हुनुभयो ।
यस्तैगरि अर्का राष्ट्रिय खेलाडी हासिम अन्सारीले समेत २१ रनको मद्धतमा विशाल स्कोर बनाउन सफल बनेको हो । यता हेटौडाका तर्फबाट असिम श्रेष्ठ र विपुल खनालले समान २÷२ विकेट लिनुभएको थियो ।
१७७ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको हेटौडाले १९ ओभरमा अलआउट हुदा ७२ रनमात्रै जोड्न सफल बन्यो । हेटौडाका लागि विपुल खनालले सर्वाधिक १७ रन जोड्दा बाकी ब्याटम्यानहरु दोहोरो अंक जोड्न नपाउदै मैदान छाड्न बाध्य भएका थिए । हेटौडालाई सस्तैमा समेटनका लागि राजविराजका बलरहरु पुष्प थापाले ३ तथा हासिक अन्सारीले २ विकेट लिनुभयो । खेलको म्यान अफ द म्याच राजविराजका अमृत यादव हुनुभयो । सोमवारको अन्तिम पहिलो चरणको खेल उदयपुर क्रिकेट एकाडेमी र खुकुरी क्रिकेट एकाडेमी भैरहवाविच हुने आयोजक समितिका अध्यक्ष निमेश ओलीले बताउनु भयो ।
प्रतियोगितामा नेपालभरका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गा र कनकाई सचेत युवा क्लवको आयोजनामा भएको हो ।