कनकाई अनलाईन
झापाको कनकाईनगरपालिका सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि ट्वाइन्टी क्रिकेट प्रतियोगितामा शनिवार आज भएको खेलमा वाइआरसिसि क्लव विराटनगर विजयी भएको छ ।
विराटनगरले विर्तामोडको युनाइटेड क्रिकेट क्लवलाई ८ विकेटको विशाल फरकले पराजित गरेको हो । प्रतियोगितामा पहिले टच जितेर विराटनगरले पहिलो फिल्डिङ्ग रोजेको थियो । विर्तामोडले निर्धारित २० ओभरमा ८१ रन जोडेको थियो । विर्तामोडका लागि बसन्त कार्कीले सर्वाधिक २० रनको योगदान दिदा विर्तामोडबाटै खेल्नुभएका राष्ट्रिय टिमका सदस्य तथा नेपालका अन्डर नाइन्टिन टिमका पुर्व क्याप्टेन समेत रहनुभएका भुवन कार्कीले १२ रन जोड्नुभयो । विराट नगरलाई सस्तैमा समेटनका लागि एमडी खालिदले सर्वाधिक ४ विकेट लिन सफल हुनुभयो भने मैक कुमारले ३ विकेट लिनुभयो ।
विराटनगरले ८२ रनको सामान्य लक्ष्य १० ओभर ३ वल खेल्दा २ विकेटको क्षतिमा हासिल गरेको थियो । विराटनगरका लागि राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले नटआउट ३१ रन जोड्नुभयो भने अर्का ब्याटम्यान मुरली चौधरीले २५ रन जोड्नुभयो । तर्फबाट भुवन कार्की र विनित बास्तोलाले १÷१ विकेट लिनुभयो । प्रतियोगितामा ४ विकट लिने विराटनगरका एमडी खालिद म्यान अफ द म्याच हुनुभयो उहालाई प्रविन तिम्सिनाले नगद २ हजार दिनुभयो ।
आइतबारको तेस्रो खेल मकवानपुर क्रिकेट क्लव र युथ क्रिकेट राजविराज विच हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताउनुभयो । कनकाई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताामा प्रथम तथा द्धितिय हुने टिमले नगद ५१ हजार र ३१ हजार रुपैँया र ट्रफि पाउने छ । प्रतियोगितामा विराटनगर , उदयपुर , भैरहवा , राजविराज लगायातका ८ टिमको सहभागिता रहेको छ ।
तस्वीर ः ब्याटिङ्ग गर्दै बिराटनगरका खेलाडी र म्यान अफ द म्याच लिदै विराटनगरका एमडी