कनकाई अनलाईन
सुरुङ्गा असोज ५ गते । झापाको सुरुङ्गामा शुक्रवार आजबाट प्रथम टिभिएस अन्तर प्रदेश टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको सुरुवात भएको छ ।
शुक्रवार आज भएको उद्घाटन खेलमा आयोजक ह्वाइट वास क्रिकेट क्लव कनकाई सुरुङ्गाले अर्को टिम लालीगुराश क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको छ । अघिल्लो दिनको वर्षातका कारण १५ ओभरमा छोट्याइएको खेलमा टच जितेर पहिले ब्याटिङ्ग गरेको लाली गुरास टिमले ६३ रनमा अलआउट हुदै सामान्य योगफल जोडेको थियो । लालीगुरासका तर्फबाट शिव रौनियारले सर्वाधिक १७ रन जोडनुभयो भने बाकी ब्याटम्यानले दोहारो रनको योगफल जोड्न सक्नुभएन ।
यता आयोजक ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गाकाबाट खेल्नुभएका राष्ट्रिय टिमका १६ बर्ष मुनिका उमेर समुहका खेलाडी समेत रहनुभएका दिपेश कडेँलले एक्लैले ४ विकेट लिनुभएको थियो । प्रतियोगितामा कडेँल म्यान अफ द म्याच समेत हुनुभयो ।उहाले नगद २ हजार पाउनुभयो । आयोजकका तर्फबाट संदिप ढुङ्गानाले २२ तथा अंकित सुवेदीले १६ रन जोड्नुभयो । आयोजक टिमले ९ ओभर १ वलमै ६६ रन जोडेर जित निकालेको थियो । कनकाई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको छ । शनिवारको दोस्रो दिनको खेल युनाइटेड क्रिकेट क्लव विर्तामोड र विराटनगरविच हुने खेल संयोजक प्रदिप गजमेरले बताउनुभयो । प्रतियोगिताामा प्रथम तथा द्धितिय हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार रुपैँया र ट्रफि पाउने छ ।
प्रतियोगितामा विराटनगर , उदयपुर , भैरहवा , राजविराज लगायातका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उदघाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ब्याटिङ्ग र रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका कोषाध्यक्ष नारायण ओली र कनकाई नगरपालिका ४ का वार्डअध्यक्ष गोविन्द पौडेलले विकेट किपर गरेर प्रतियोगिताको उदघाटन गनुभयो । प्रतियोगितामा कुल ६ लाख खर्च हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताउनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार टिभिएस मोटरसाइकल तथा द्धितिय पुरस्कार रुद्र गौरी श्री अम्बिका ओेली प्रतिष्ठानले प्रदान गर्ने र कनकाई नगरपालिका तथा खेलप्रेमी युवा हिमाल प्रसाई लगायातले आर्थिक सहयोग रहेको खेल समिमिका हरि कार्कीले बताउनुभयो ।
तस्वीर म्यान अफ द म्याच लिर्दै आयोजक टिमका राष्ट्रिय उमेर समुहका खेलाडी दिपेश कडेँल