कनकाई अनलाइन
झापाको विर्तामोडमा अवस्थित विएण्डसी हस्पिटलमा आगामि असोज ७ गतेदेखि १९ गतेसम्म विरामीहरुका लागि निशुल्क ओपिडि सेवा सुरु गर्ने भएको छ ।
हस्पिटलले पत्रकार सम्मेलनको आयोजना गरि उपचार गर्न छुटेका विरामीहरुलाई लक्षित गरि यो सुविधा ल्याइएको जानकारी गराइएको छ । अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईले यो अवशरबाट करिव १० हजार विरामी लाभान्वित हुने जानकारी दिनुभयो । अस्पतालले विरामीको निशुल्क स्वास्थ्य जाच गर्ने र विरामीले ल्याव टेष्ट गर्नुपर्ने भएमा समेत १५ प्रतिशत छुट , भिडियो एक्सरे , सिटी स्क्यान , र एमआरआइमा १० प्रतिशत छुट दिइएको अस्पतालका प्रवक्ता प्रमिश गिरीले बताउनुभयो ।
अस्पतालले ल्याप्रोस्कोपिक प्रविधिकोबाट पित्तथैलीको अप्रेशनका लागि समेत भारी छुटको व्यावस्था गरेर ३६ हजार रुपैँयामा यसको उपचार गरिने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । विरामीहरुले चेक जाच गराएर निरोगी भएर चाडवर्प मनाउन पाउन भनेर अस्पतालले विरामीका लागि स्वास्थ्य अफर ल्याएको समेत अस्पतालका डाक्टर निराजन पराजुलीले बताउनुभयो । यता अस्पतालका संचालक दुर्गा प्रसाइले आफुले पुर्व क्षेत्रमै यतिको सुविधा सम्पन्न अस्पताल खोलेर धेरै मानिसको ज्यान वचाएकोमा आफ्ना सामान्य कमिकमजोरीलाई अतिरन्जित तरिकाले प्रचार गरिएको भन्दै यसबाट आफु कतिपनि विचलित नहुने बताउनुभयो ।