Kanakai Online

भोलीबाट सुरुङ्गामा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने


बिहिवार, असोज ४, २०७५ |

कनकाई अनलाईन ।
झापाको कनकाई नगरपालिका स्थित कनकाई माविको खेल मैदानमा भोलीबाट राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।
टिभियस प्रथम अन्तर प्रदेश स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता नाम दिइएको सो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक संस्था कनकाई सचेत युवा क्लव र ह्वाईट वास क्रिकेट क्लव कनकाईले जानकारी दिइएको छ ।
यस अघि भदौ ३० गतेदेखि नै सो प्रतियोगिता हुने भनिएपनि बर्षातका कारण खेल मैदान भिजेकाले सो समयमा प्रतियोगिता गर्न नसकिएको मिडिया संयोजक लीलाराज झापालीले बताउनुभयो ।
 

यस पटकभने जस्तोसुक्कै मौषम भएपनि प्रतियोगिता नरोकिने खेल संयोजक तथा ह्वाइट वास क्रिकेट क्लवका सचिव प्रदिप गजमेरले बताए । प्रतियोगितामा सहभागि हुन देशका विभिन्न स्थानबाट खेलाडी हरु आउन सुरु भएको छ भने खेलाडीहरुलाई सुरुङ्गाकै होटल हायत तथा अन्य होटलमा राखिने प्रवन्ध मिलाइएको आयोजक समितिका सल्लाहकार हरि कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक ह्वाइट वास क्रिकेट क्लव सहित अन्य लालि गुरास क्रिकेट क्लव , मकवानपुर क्रिकेट क्लव , युथ क्रिकेट क्लव राजविराज , युनाइटेड क्रिकेट क्लव विर्तामोड , वाइआर सिसि क्लव विराटनगर , उदयपुर क्रिकेट एकाडेमी र खुकुरी क्रिकेट क्लव भैरहवाको सहभागिता रहने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताउनुभयो । प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार तथा ट्रफि पाउने छ भने हरेक दिनको म्यान अफ द म्याचले नगद २ हजार र प्रतियोगिताकै सर्वोकृष्ट ब्याटम्यान , विकेटकिपर , वलर र सर्वोकृत खेलाडीले नगद ५ हजारका दरले पुरस्कार पाउने छ ।
प्रतियोगिताको प्रथम पुरस्कार टिभियस मोटर साइकल र द्धितिय पुरस्कार रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानले प्रदान गर्ने छ । प्रतियोगितामा आयोजक टिमबाट समेत केहि अन्तराष्ट्रिय खेलाडीलाई अनुबन्ध गरिएको छ । प्रतियोगिताको प्रमुख सहयोगि संस्थामा कनकाई नगरपालिका र हाल अष्टेलियामा रहेका कनकाई नगरपालिकाका खेलप्रेमी युवा हिमाल प्रसाईले नगद ४० हजार सहयोग गरेका छन भने हरेक दिनको म्यान अफ द म्याच सुरुङ्गा रेडक्रसका अध्यक्ष प्रविन तिम्सिनाले गर्ने छन । प्रतियोगिता संचालन गर्न कुल ६ लाख रुपैँयाको अनुमान गरिएको छ ।

सम्बन्धित खबर