कनकाई अनलाईन
श्री सरस्वती किर्तन मण्डली कनकाई नगरपालिका ३ को १४ औ बार्षिक साधरणसभाबाट टिका बजगाईँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मिना भेट्वाल , सचिवमा सन्तकुमार सापकोटा र कोषाध्यक्षमा दुर्गादेवि अधिकारी रहनुभएको छ । यसैगरी सदस्यहरुमा सुर्यप्रसाद ढुङ्गाना , बेनुप्रसाद उप्रेती , निलाप्रसाद न्यौपाने , देउमाया विष्ट र लीला भट्टराई रहनुभएको छ ।
यसैगरि साधरणसभामा संस्थाका पुर्वअध्यक्ष अध्यक्ष मिनप्रसाद सुबेदीले र्अार्थिक बर्ष २०७४÷७५ को ४ लाख २ हजार ३ सय ६८ रुपैँया बराबरको आयव्याय प्रस्तु गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका वार्डनम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , वार्डसदस्य युवराज चम्लागाई , समाजसेवी यामनाथ सेढाई , नारायण प्रसाद पोखरेल , खड्गप्रसाद विमली , बेनुप्रसाद उपे्रती , कमला ढकाल लगायातको आतिथ्यता रहेको थियो । संस्थाको नया कार्यसमितिको चयनका लागि डा ः पुण्यप्रसाद पौडेलको संयोजकत्वमा सदस्यद्धय नारायण उप्रेती र पुण्यप्रसाद सिटौला सदस्यरहेको समिति गठन गरिएको थियो ।