Kanakai Online

झापामा वाइसिएल र युवा संघले गरे उदाहरणीय काम


शनिवार, भदौ २३, २०७५ |

कनकाई अनलाईन
अर्जुनधारा , भदौ २३ गते । युवा संघ र वाइसिएल झापाले यस बर्षको तीज अनाथ आश्रममा मनाएका छन ।
अर्जुधारा ६ मा अवस्थित अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका वालवालिकालाई तीजको दर खुवाउनका साथै उक्त केन्द्रका वालवालिकाको शिक्षा र खानाका लागि नगद २५ हजार समेत नगद सहयोग हस्तानतरण गरिएको वाइसिएल झापाका उपाध्यक्ष कुमार आचार्यले बताउनुभयो । कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य पर्वत भण्डारी , जिल्ला अध्यक्ष संम्भु भण्डारी , महिला विभाग प्रमुख निरु आचार्य , वाइसिएलका जिल्ला उपाध्यक्ष कुमार आचार्य , महिला विभाग प्रमुख कल्पना मुखिया लगायातको सहभागिता रहेको थियो ।
युवाले उक्त रकम सरोकार केन्द्रका संचालक कृष्ण दुलाललाई हस्तानतरण गर्नुभएको थियो । सो वाल सरोकार केन्द्रमा अपाङ्ग र स्कुल जाने उमेरका २० जना वालवालिकालाई संरक्षण गरि राखिएको छ । समाजमा वढ्दो तीजको भड्किलो चलनलाई तोड्दै चाडलाई पनि समाज सुधार र समाज कल्याणमा जोड्न युवा संगठनले यस कार्यक्रमको आयोजना गरिएको युवा संघका केन्द्रिय सदस्य पर्वत भण्डारीले बताउनुभयो ।