कनकाई अनलाईन
भदौ २० गते । जिल्लामा भएको रगत अभावको समस्यालाई समाधान गर्न यहाँस्थित कनकाई नगरपालिकास्थित लायन्स र लियो क्लवले रक्तदानको आयोजना गरेको छ ।
क्लवले हरेक वर्ष यसै समयमा रक्तदानको आयोजना गर्दै आएको लियो क्लवका अध्यक्ष विजय पाठकले बताउनुभयो । रेडक्रस सोसाइटी विर्तामोडको प्राविधिक सहयोग रहेको सो रक्तदानमा ७७ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक संजय गजुरेलले बताउनुभयो । कार्यक्रम लायन्स क्लवका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्यतामा भएको थियो । लायन्स क्लवका अध्यक्ष रुपनारायण खतिवडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।