झनक सोरेन
भद्रपुर कि छमि हेमरम अरु दिन भन्दा शनिवारको दिन निकै ब्यस्त देखिनुहुन्छ । स्थानिय विरेन्द्र मा.वि. मा प्लस टुमा अध्यानर्त मुर्मुको शनिवारको दिनको धपेडी वढिनै हुने गर्छ । उहाँ हप्ताको एकदिन शनिवार स्थानीय नागरिक एफएममा सन्थाली रेडियोकार्यक्रम आउने गरेको छ । छमि हप्ताको एकदिन आउने आउने सन्थाली भाषाको कार्यक्रम निरन्तर सुन्दै आउनुभएको छ । बरु खाजा खाना छुटाउछु तर कार्यक्रम छुटाउदिन छमि भन्नुहुन्छ ।
छमी मात्रै होइन उहाँ जस्तै अर्की विर्तामोडकी मुन्सी मर्डी पनि निरन्तर सन्थाली भाषको कार्यक्रम नियमित सुन्दै आउनुभएको छ । मुन्सी विर्तामोडस्थित विराट एफएममा हरेक मंगलबार आउने सन्थाली भाषको कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ । मलाई मंलगवार कहिले आउछ जस्तो लाग्छ , सन्थाल जातीको कुरा कानी रेडियो बाट सुन्दा अति नै रमाईलो लाग्ने उहाको भनाई छ , शिक्षा जानकारी जस्ता कुरा आफ्नै भाषामा सुन्न पाउदा आफ्फै रेडियोमा बोलेजस्तो लाग्ने उहाको भनाई छ ।
त्यसो त गौरादहका ६५ बर्षिय अमर सोरन पनि आईतबार प्रशारण हुने रेडियो कार्यक्रम कहिल्यै नछुटाएकको बताउनु हुन्छ । चाहे घाँस काट्दा होस् या हलो जोत्दा सन्थाली कार्यक्रम आउन लाग्दा रेडियो म संगै हुनु पर्दछ । अमरको भनाई छ ।
अहिले झापाका विभिन्न एफ.एम. स्टेशनहरुले विभिन्न जात जातीको समावेशी कार्यक्रमहरु प्रस्तुत गरिरहेको छन । जसको प्रत्यक्ष फाईदा सन्थाल समुदायहरुलाई पुगेको छ । धेरै सन्थाल समुदायको भनाई छ, आफ्नै मातृ भाषामा आउने कार्यक्रमले सबैको मन जितेको मात्र छैन् दुःख सुख्खको छहारी समेत बनेको छ ।
सन्थाल बिकाश संघका अध्यक्ष बडाराम हेमरम का अनुशार रेडियो नै त्यस्तो माध्यम हो जसले एकै पटकमा धेरै लाई जाग्रित बनाउन सक्छ । सन्थाल समुदायमा त झनै यसको महत्व बढ्ढै गएको छ । आफ्नै गाँउघरका ताजा समाचार र भलाकुसारी रेडियोले बजाई रहेको छ । यो सन्थाल जातीको लागी खुशीको कुरा रहेको उहाँको भनाई छ ।
अहिले झापाको तिन वटा एफ.एम.ले सन्थाल जातीको मातृ भाषा बाटै कार्यक्रम संचालन गरिरहेको छ । गौरादहको एफ.एम प्लस ८९.१ मेघाहर्जमा प्रत्येक दिन १ बजे देखी १ः३० बजे सम्म सन्थाल भाषामा शान्दिस नामक कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रमलाई नामुमाया हेमरमले प्रस्तुतीकरण गर्दै आउनु भएको छ ।
त्यसै गरि केही समय अघि बाट विर्तामोको रेडियो बिराट ८८.५ मेघाहर्जले प्रत्येक मंगलबार बिहान ९ः२५ देखी ९ः४५ सम्म सन्थाली साँस्कृतीक कार्यक्रम संचालन गर्दै आईरहेको छ भने उक्त कार्यक्रमको प्रस्तोता रिमा टुडू ले गरिरहनु भएको छ ।
यता भद्रपुरको नागरिक एफ.एम.१०७.५ मेघाहर्जले निक्कै लामो समय देखी प्रत्येक शनिवार दिन पारेर सन्थाली कार्यक्रम संचालन गर्दै आएको छ जसलाई आरजे सुमित्रा मुर्मुले सो कार्यक्रमलाई प्रस्तुतीकरण गर्दै आउनु भएको छ ।
त्यसो त केही समय अघि सम्म तलु बास्के ले नागरिक एफ.एम. भद्रपुर र आरम्भ एफ.एम. विर्तामोड बाट निकै लामो समय सम्म सन्थाल जातीको कार्यक्रम संचालन गरेर निक्कै चर्चा कमाउनुभएको थियो उहाँ पत्रकार महासंघ झापाको कार्यसमिति सदस्यमा समेत अत्याधिक मतले विजयी हुनुभएको थियो ।झापा मोरङ र सुनसरीमा मात्रै बसोवास गर्दै आएका सन्थाल समुदायको संचार माध्यममा पहुच ज्यादै कम भएपनि पछिल्लो समय झापाका स्थानीय रेडियोमा भने सन्थाली भाषाका कार्यक्रमहरु लोकप्रिय बनिरहेका छन ।