कनकाई अनलाईन
प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट साझा मञ्च अनलाइन पत्रिकाका सम्पादक गोपाल काफ्लेलाई पुरस्कृत गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुरले स्वर्गीय राष्ट्र सेवक प्रमोद तामाङको स्मृतिमा स्थापना गरेको सो पुरस्कारले ५ हजार १ सय ५१ नगद सहित सम्पादक काफ्लेलाई पुरस्कृत गरिएको हो । यसैगरी उत्कृष्ट राष्ट्र सेवक पुरस्कारबाट नासु अर्जुन पोखरेल र मेडिकल अधिकृत डा. गोविन्द कँडेललाई नगद १० हजार १ सय ५१ सहित पुरस्कृत गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सम्मानित व्यक्तित्व गोपाल काफ्ले, डा. गोविन्द कँडेल, पेशागत महासंघ प्रदेश १ का देवराज कार्की, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य देवी पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान