कनकाई अनलाईन ।
धेरैलाई विश्वास नलाग्न पनि सक्छ कनकाई नगरपालिका ३ मा रहेको सरस्वती कला केन्द्रका प्रमुख समिर रम्तेल भर्खरै मात्र १८ बर्षका भए ।
हाल उनीसग दैनिक एकसय जना विद्यार्थीहरु नृत्य तथा अन्य विधामा प्रशिक्षण लिइरहेका छन । कनकाई नगरपालिकास्तरको सुरुङ्गा डान्स च्यापको समेत आयोजना गरिसकेको रम्तेल अब यस क्षेत्रलाई आधार मानेर नृत्य तथा अन्य विद्यार्थीमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले कनकाई लिटिल आइडलको समेत तयारीमा छन ।
अझ उनले सिकाएका विद्यार्थीहरुले बिभिन्न म्युजिक भिडियोमा सफल अभिनय गर्नका साथै विभिन्न अन्य टेलिभिजन प्रस्तुतीमा समेत प्रथम भइसकेका छन । समिर आफैपनि म्युजिक भिडियोहरुमा अभिनय गरिरहेका छन । प्रतिभा भन्ने चिज आफैमा नजन्मने र त्यसको लागि निरन्तरको सतप्रयासबाट मात्रै हासिल हुने समिरको अन्य साङ्गितिक यात्रामा आउन चाहनेहरुका लागि सुझाव छ ।
७ बर्षको तोतेबोली फुट्ने बेलादेखिनै नृत्यमा लागेका समिर नृत्य सिक्नेक्रममा नेपालको राजधानी काठमाण्डौ देखि गित संगितको विश्वबजार भारतका विभिन्न शहरहरुमा समेत पुगे कहिले नृत्य कलाकार त कहिले नृत्य प्रशिक्षक र प्रशिक्षार्थी सबै भुमिकामा रहेर सानै उमेरमा अनुभव संगालिसकेका समिर यसै विधामा जिवनको अन्त्यसम्म लागिरहने प्रण गरेका छन । प्रतिभा बोकेका कलाकारका लागि आफै स्पोन्सरहरुको खोजी गर्दै मिडियासामु ल्याउदै आएका समिरले हालसम्म १ हजार भन्दा वढी शिष्यहरु उत्पादन गरिसकेका छन । सम्भवत कलिलै उमेरमा यतिधेरै शिष्य उत्पादन गर्ने समिर मुलुककै कान्छो प्रशिक्षक हुन । झापा कनकाई नगरपालिका स्थायी घर भएका समिरले झापा जिल्ला मात्रै नभएर मुलुकभरनै लागि शिष्यहरु उत्पादन गर्न सकुन प्रशिक्षक समिरलाई शुभकामना
प्रस्तुती / लीलाराज झापाली