कनकाई अनलाईन
कनकाई । लायन्स क्लब अफ कनकाई सुरुङ्गाले आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविसरमा १०५ जनाले सेवा प्राप्ती गरेका छन् ।
बुधबार सुरुङ्गा बजार स्थित प्रधान मेडिसन सेन्टरमा सम्पन्न शिविरमा नसा तथा स्नायु सम्बन्धीको पूर्ण चेकजाँच गरिएको थियो ।
नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा सम्पूर्ण बिरामीहरुलाई आवश्यक औषधी प्रधान मेडिसन सेन्टरले निःशुल्क रुपमा उपलब्ध गराएको थियो ।
नसारोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठ, डा. रामबाबु श्रेष्ठ स्टाप नर्स अञ्जली विश्वास समेतको सहभागितामा उक्त शिविर सम्पन्न गरिएको थियो ।
स्थापना काल देखी नै सामाजिक कार्यमा अग्रणी स्थानमा रहेको लायन्स क्लबले लामो समय देखी नोवेल मेडिकल कलेज सँग सहकार्य गर्दै सुरुङ्गामा यस्ता खालका स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको कुराको जानकारी क्लबका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउनु भयो ।
थोरै विरामी भएको शिविरमा मात्र आफु भनेको जस्तो गरेर सोधिसोधि जाँच गर्न सकिने हुनाले शिविरप्रती आफु सन्तुस्टको हुनाले आयोजकलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनका समेत यस्तै खालका शिविरहरु सञ्चालन गर्नको सल्लाह दिनुहुन्छ एकजना विरामी । लायन्स क्लबले यस्ता खालका शिविरको आयोजना गरेका खण्डमा जुनसुकै बखतमा आएर सेवा दिन नोबेल मेडिकल कलेज विराटनगर तयार रहेको बताउनु हुन्छ मार्केटिङ्ग अफिसर भगत शाह ।
लायन्स क्लब अफ कनकाई सुरुङ्गाका नवनिर्वाचित अध्यक्ष रुपनारायण खतिवडाको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा लीयो क्लब अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष पकज खड्का, सचिव रविन गुप्ता, प्रधान मेडिशन सेन्टरका सञ्चालक तथा लायन्स क्लबका जोन चियर पर्शन सुरेन्द्र प्रधान, लायन सन्दिपबाबु प्रसाई, साजन थापा, सञ्जय गजुरेल लगायतको सक्रिय सहयोग रहेको औपचारिक कार्यक्रमको सञ्चालन क्लबका त्रितिय उपाध्यक्ष मनोज बस्नेतले सञ्चालन गरेको थिए ।यसैविच अव हरेक महिनाको एकदिन लायन्स क्लवको संलालनमा यस क्षेत्रमा निशुल्क विशेषज्ञ डाक्टरहरुको सहभागितामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने समेत लायन्स क्लवका पुर्व अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्रका उपाध्यक्ष सुरेन्द्र प्रधानले बताउनु भयो ।