Kanakai Online

युवा दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री


बुधवार, भदौ ६, २०७५ |

कनकाई अनलाईन
भद्रपुर । युवा संघ नेपाल भद्रपुर नगर कमिटीले भद्रपुर–४ स्थित एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्र्री उपलब्ध गराएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार भद्रपुर ४ स्थित जनकल्याण आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री (कपी, पेन्सिल, इरेजर, सार्पनर) वितरण गरिएको हो ।
विद्यालय परिसरमा युवा संघ भद्रपुरका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षतामा आयोजित समारोहका बीच विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कमिटीका सचिव मोहन गुप्ताले सञ्चालन र उपाध्यक्ष बिक्रम कोइरालाले स्वागत गरेको समारोहमा प्रमुख अतिथि युवा संघ नेपाल, झापा अध्यक्ष शम्भु भण्डारी, नेकपा भद्रपुर नगर इन्चार्ज असारु राजवंशी, बिगठित नेकपा एमाले भद्रपुर नगर अध्यक्ष ब्रह्मलाल ढुंगाना, युवा संघ नेपालका जिल्ला सदस्य तथा नगर इन्चार्ज नारायण ओली, जिल्ला कमिटी सदस्य दिपक अग्रवाल, क्षेत्रीय अध्यक्ष बासु गिरी, सचिव अर्जुन बानियाँ, भद्रपुर ६ नं वडा सदस्य प्रकाश शर्मा, ७ नं वडा सदस्य पोषराज पौडेल, विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीलगायतले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।