कनकाई अनलाईन
मृगौला रोगबाट पीडित पूर्व फुटवल खेलाडी राजी राजवंशीलाई उपचारका लागि ४० हजार ५ सय रूपैया आर्थिक सहयोग गरिएको छ । नेपाल पुलिस क्लवमा समेत रहेर राष्ट्रिय फुटवल टिममा लामोसमय खेलाडीका रूपमा रहनुभएका राजवंशी ३ महिना यता मृगौला रोगबाट पीडित भएपछि उपचारमा आर्थिक संकट आएको थियो । राजवंशीलाई खेलमा संलग्न भद्रपुरका पूर्व खेलाडीहरुले आर्थिक संकलन गरी सो रकम राजवंशीको घरमा हस्तान्तरण गरेका हुन् । भद्रपुर नगर प्रमुख तथा पूर्व खेलाडी जीवनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले ३७ जना खेलाडी एवम् शुभचिन्तकबाट संकलित रकम ४० हजार ५ सय प्रदान गरेका हुन् । २०३९ सालबाट झापालाइृ केन्द्र बनाएर फुटवल खेल्न थालेका ५२ वर्षीय राजवंशी नेपाल पुलिस क्लवमा ९ वर्षसम्म खेलाडीका रूपमा काम गरी राष्ट्रिय टोलीमा खेल खेलेका खेलाडी हुन् । सामान्य आर्थिक अवस्था भएका उनको एक छोरी र एक छोराको जिम्मेवारी पनि बहन गर्नुृ पर्ने बाध्यता छ । उन्य व्यवसाय नभएका राजवंशीको उपचार खर्च जोहो गर्न धौ धौ भएको पीडा छ ।
हाल भद्रपुर स्थित ओम साई पाथिभरा अस्पतालमा डायलासिस गरिरहेका राजवंशीका दुवै मृगौला काम नलाग्ने भएपछि मृगौला फेर्न लाग्ने रकम अभाव भएको छ ।