कनकाई अनलाईन ।
यौन तथा प्रजलन स्वास्थ सम्बनिध एक दिने अन्र्तक्रिया आज सुरुङ्गा सहकार्य युवा क्लवको सभाहलमा सम्पन्न भएको छ ।
सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष टिकाराम भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल परिवार नियोजन झापा शाखाकी कार्यक्रम निर्देशक सुजन काफ्लेले अझैपनि गाउँघरमा महिलाहरुले पर्यात कानुनी र स्वास्थ्य सेवा उपलब्ध भएरपनि पिडित भएर बस्नुपरिरहेको तथ्य स्पष्ट पार्नुभएको छ । काफ्लेले स्थानीय सरकारका रुपमा रहेको गाउँपालिका र नगरपालिकाको क्षेत्रबाट समेत प्रजलन स्वास्थ्य लगायातका क्षेत्रका दैनिक रुपमा कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कनकाई नगरपालिका वार्डनम्बर ८ का वार्डअध्यक्ष प्रेम कटुवाल , ९ का वार्डअध्यक्ष प्रेम राजवंशी , कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेल , कनकाई नगरपालिका वार्डनम्बर ४ कि वार्ड सदस्य देविमाया दाहाल , पत्रकार महासंघका जिल्ला सदस्य लिलाराज झापाली , सुरुङ्गा सहकार्य युवा क्लवका पुर्वअध्यक्ष राजकुमार कट्टेल लगायातले महिला प्रजलन स्वास्थ्यका वारेमा गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो ।