कनकाई अनलाईन
कनकाई अनलाईन र फेसबुकबाट झापा कनकाई नगरपालिका ४ निवासी ४१ ब्र्षिय गिता थापा हराएको समाचार भाइरल भएपछि उहाँ फेला पर्नुभएको छ ।
गत असार ६ गते घरबाट तरकारी किन्न जान्छु भनेर हिडेकी थापा एकाएक लामो समयसम्म सम्पर्क विच्छेद भएपछि उहाँको खोजीकार्य व्यापक गरिएको थियो । थापा हराएको सुचना कनकाई अनलाईन , कनकाई साप्ताहिक र यसका सम्पादक लीलाराज झापालीले समेत फेसबुकबाट थापा हराएको र यस पोष्टलाई शेयर गरिदिन अनुरोध सहित समाचार पोष्ट गरिदिनुभएको थियो ।
३ दिन पहिले थापाका जेठा छोरालाई कनकाई अनलाईन र फेसबुक हेरेका एक जनाले जानकारी दिएपछि छोरा मनोज कोशी व्यारेक पारी भागलपुर भन्ने ठाउँमा आमा भएको ठाउमा गएका थिए । खबर पछि उनी आमा भएको ठाउँमा पुगेका थिए । त्यहा उनले आमालाई एक आफन्तको घरमा भेटे आमा बोल्न सक्ने अवस्थामा पनि हुनुहुन्नथियो । थापाले भने मम्मी हल्का मानशिक रुपमा समेत समस्यामा देखिनुभएको थियो उहाँले आफन्तको घरमा समेत कसैलाई नभनिदिनु भन्नुभएको रहेछ जसकारण आफन्तले समेत कसैलाई नभनेका रहेछन पछि फेसबुक र कनकाई अनलाईनको समाचार हेरेपछि कसैले हामीलाई फोन गरेर जानकरी दिएपछि हाम्रो परिवारको खुसी फर्किएको छ । छोरा मनोजले भने आमा हराएपछि २ भाई छोरा र आफन्तहरुको निद हराम भएको थियो । थापा परिवार आमालाई खोज्न सबैतिर भौतारिएको थियो । प्रहरी माइती नेपाल , साना हातहरु सबैलाई खबर गरिएको थियो तर पत्ता लागेको थिएन । आमा भेटिएको जानकारी प्रहरीलाई गराइसकिएको छोरा मनोजले बताए ।
Trending
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी