कनकाई अनलाईन ।
तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रमा धार्मिक वनको स्थापना गर्दै तेस्रो सामुदायिक वन दिवश मनाएको छ ।
बन समुहका अध्यक्ष खेम प्रसाद ओलीको सभापतित्व एवम् वन समुहका उपाध्यक्ष ललितबहादुर कार्कीको स्वागत तथा सचिव मान्ता खरेलको संचालनमा भएको कार्यक्रममा सो वन क्षेत्रमा धार्मिक वृक्षारोपण समेत गरिएको थियो ।
कनकाई ४ लक्ष्मीटोल क्षेत्रका उपभोक्ताहरु सम्मिलिट टोलीले सो क्षेत्रमा विरुवा रोपण गरेको थियो । वृक्षारोपण कार्यका संयोजक रामप्रसाद बेडारीको संयोजकत्वमा वृक्षारोपण गरिएको थियो । वृक्षारोपण पहिले आयोजित कार्यक्रममा सेक्टर वन कार्यालय सुरुङ्गाका प्रमुख ओमनाथ भट्टराई , सामुदायिक वन समुहकी सल्लाहकार कविता बस्नेत , सेक्टर वन कार्यालयका हरिकुमार विक , लगायातले तराई क्षेत्रकै पहिलो सामुदायिक वनले देशका अन्य सामुदायिक वनलाई समेत शिक्षा र वन विकासमा समेत अग्रणी हुनुपर्नेमा जोड दिनुभयो ।
Trending
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव