कनकाई अनलाईन
नेदरल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाललले घरेलु टोलीलाई १ रनले हराएको छ। यो सँगै दुई एक दिवसीय शृंखला १\१ को बराबरीमा सकाएको छ।
नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो।
उसका लागि वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। नेदरल्याण्डलाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिए।
यस्तै कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १(१ विकेट लिए।
यसअघि नेपालका लाग कप्तान पारस खड्का र सोमपाल कामीले अर्धसतकीय पारी खेलेपछि निर्धारित ५० ओभरको खेलमा ४८।५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको पारी खेलेका थिए। नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाएका कामीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे।
यस्तै कप्तान पारस खड्काले पनि अर्धसतक पुरा गरे। पहिलो पटक एक दिवसीय अर्धसतक प्रहार गर्ने क्रममा खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे।
यस्तै दीपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले समान १९ रन बनाउँदा अनिल साह ४ र रोहित कुमार पौडेल ६ रनमा आउट भए। बसन्त रेग्मीलाई १ रनमा गुमाएको नेपालका लागि सन्दिप लामिछानेले ८ रन बनाएर आउट भए भने ललित भण्डारीले ४ रनमा अभिजित रहे।
नेदरल्याण्डका लागि कालासेनले ३ तथा रिपोन र सिलारले २/२ विकेट लिए।