कनकाई अनलाईन
कनकाई नगरापालिकाका पुराना दलित नेता पुर्णबहादुर दियालीलाई पत्नी शोक परेको छ ।
उहाँकी श्रीमती राजकुमारी दियालीको आज केहिबेर पहिले शनिवार राती १० बजे आफ्नै निजी निवास कनकाई नगरपालिका ३ सुरुड्गामा निधन भएको छ । राजकुमारी दुबै मृगौला विग्रिएर विगत ६ महिनादेखि उपचाररत रहनुभएको थियो ।
पुर्णबहादुर समेत दुबै मृगौला फेल भएर डाइलेसिस गर्दै आउनुभएको छ । उहाका छोराहरु कुमार दियाली , दुर्गा दियाली , रेवत दियाली र दिपक दियाली रहेका छन ।दियाली कनकाई नगरमा सुनारे कान्छा नामले परिचित हुनुहुन्थ्यो । उहाको भोली विहान कनकाई नदिमा अन्तिम दाह सत्कार गरिने दियालीका भान्जा राजेश घतानीले जानकारी दिनुभयो ।