Kanakai Online

कनकाईमा ५ काठचोर पक्राउ


बिहिवार, साउन १०, २०७५ |

कनकाई अनलाईन
सुरुङ्गा , साउन १० गते । कनकाई माइको वाढीको वहावमा काठ बगाएर भारततीर लैजानेक्रममा काठ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत बुधवार राती करिव ८ बजे कनकाई नगरपालिका ४ सुरुङ्गाको कनकाई पुलभन्दा करिव डेढ किलोमिटर दक्षिण ट्युवको चालीमा साखु जातको काठ बगाएर भारततीर लैजादै गर्दा ३१ क्युविक सासु जातको काठ सहित ५ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक गोकर्ण कार्कीले बताउनुभयो । यसरी खोलामा काठ बगाएर लैजानेहरुमा शिवसताक्षी नगरपालिका १० का ४० बर्षिय शंकर कार्की , बर्ष २६ का धमेन्द्र शाह , सोही ठाउँका बर्ष ३३ का रमेश सिटौला , बर्ष ४३ का ताला हस्ता र बर्ष ३९ का भुवन दाहाल रहेको प्रहरी नायव निरिक्षक कार्कीले बताउनुभयो । कार्कीको नेतृत्वमा गएको प्रहरीको गस्ती टोलीले खोलामा पानीको वहावमा काठ चोरी गरि अन्यत्र लैजादै गरिएको सुचना पाएपछि उनीहरुलाई काठसहित पक्राउ गरेको हो ।
हाल पक्राउ परेका ५ जनालाई जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाएर आवश्यक कार्वाही अगाडि बढाइएको छ भने वरामद काठलाई सेक्टर वन कार्यालय सुरुङ्गमा राखिएको छ । वर्खा याममा यस कनकाई माइको पानीको वहावमा बाँसको चाली तथा टायरको ट्युवको मद्धतबाट दैनिक सयौ क्युविक साखु जातको काठ नेपालका जंगलबाट भारततर्फ चोरी निकासी हुनथालेपछि जनपथ , शसस्त्र वन रक्षक , सशस्त्र प्रहरी र स्थानीय सामुदायिक वन समुहको उपभोक्ता तथा वन हेरालुको टोलीले दैनिक वन गस्ती गर्दै आएको छ । काठ चोरी तस्करीमा संगलहरुले नदिमा वाढी आएको वखत नदिबाटै नेपालबाट काठ चोरी गरेर भारतीय भुमि पुर्याउदै आएका छन । भारतीय वजारमा यहाँ नेपालका साखु मिल्ता है लेखिएको वोर्ड राखेरै चोरी गरि त्यहा पुर्याइएका साखु जातका काठ विक्रि हुनेगरेको भारतस्थित संचारकर्मी बताउँछन ।
तस्वीर चोरी तस्करी वढेपछि वन गस्ती गर्दै प्रजापति सामुदायिक वन समुह सुरुङ्गाका उपभोक्ताहरु ः लीलाराज झापाली