कनकाई अनलाईन
विर्तामोड साउन ४ गते । झापाका अग्रज पत्रकार गोपिकृष्ण खनालको ट्याक्सीको ठक्करबाट दुर्घटनामा परि मृत्युभएको छ ।
पुर्वपश्चम राजमार्गको विर्तामोड नगरपालिका २ रामचौकमा बिहिवार दिउसो ३ बजे साइकलमा सवार खनाललाई मे १ ज ६५८ नम्बरको मेची राजमार्गमा चल्ने यात्रुवाहक ट्याक्सीले ठक्कर दिएर घाइते बनाएको थियो । टाउकोमा गंम्भिर चोट लागेका पत्रकार खनाललाई उपचारका क्रममा विर्तामोडको विएण्डसी हस्पिटल लगिएकोमा राती उहाँको निधन भएको हो ।
प्रहरीले ठक्कर दिने ट्याक्सी र चालकलाई नियन्त्रणमा लिएको छ । ७० वर्षिय खनाल लामो समयदेखि पत्रकारिता तथा साहित्य साधनामा रहनुभएको थियो । उहाँ नया कामना साप्ताहिक पत्रिकाका सम्पादक रहनुभएको थियो । उहाकी श्रीमती र २ छोरा रहेका छन ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता