Kanakai Online

झापा गाउपालिकाले सुरु गर्यो फुस्को घर हटाउ अभियान


बुधवार, साउन २, २०७५ |

कनकाई अनलाईन
झापा गाउपालिका , साउन २ गते । दक्षिणी झापाको झापा गाउँपालिकाले गाउपालिका क्षेत्रभित्र फुस्को घर हटाएर क्रमश टिनको छानो भएको घर बनाउने निति पारित गरेको छ ।
गाउपालिकाले सोमवार सम्पन्न आर्थिक वर्ष २०७५÷७६ को वार्षिक गाउ विकास योजना सार्वजनिक गर्दै अध्यक्ष जय नारायण शाहले सो योजना सार्वजनिक गर्नुभएको हो । झापा जिल्लाकै नाम राखिएको सो गाउँपालिकाले यस आर्थिक बर्षका लागि कुल ३६ करोड , ४७ लाख ७३ हजार रुपैँया बरावरको प्रस्तावित बजेट समेत प्रस्तुत गर्नुभयो । नेपालमै वढी लोपोन्मुख सन्थाल जातिको बढी बसोवास रहेको तथा मुस्लिम समुदायको समेत वाक्लो बसोवास रहेको यस गाउँपालिकामा अझैपनि आधा भन्दा वढी घरहरु फुस्को छानो लगाएर घर बनाइएको छ । आर्थिक वर्षको निति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष शाहले एक घर ५ रुख रोप्नै पर्नै , गाउपालिकामा झोलुङ्गे पुल , काठकै भएपनि खोलामा पुल हालेर १२ महिनानै गाउपालिकामा आवगमन सुचारु राख्ने घोषणा गर्नुभएको छ । उहाँले उन्नत कृषि तथा पशुपालन , गाउमा औद्योगित क्षेत्रको व्यावस्था रोजगारीको श्रृजनाका लागि गाउपालिकाले विशेष भुमिका खेल्ने कार्यक्रम ल्याइएको छ । गाउ पालिकामा रहेको रानी सामुदायिक वन समुहलाई पर्यापर्यटकिय क्षेत्रको रुपमा विकसित गर्दै लैजाने समेत निति लिइएको छ ।
शिक्षाका लागि मदरासा शिक्षा र प्रौढ शिक्षा समेतलाई थप व्यावस्थित गरिने उल्लेख छ । गाउपालिकाले आन्तरिक स्रोतबाट ५० लाख , केन्द्रबाट सामानीकरण अनुदानबाट ११ करोड ३५ लाख , केन्द्रबाट राजश्व बाडफाड अनुदान ७ करोड ३३ लाख रुपैँया लगायात रमक प्राप्त गर्ने लक्ष्य गाउपालिकाले राखेको छ । कार्यक्रममा कम्युनिष्ट पार्टीका अध्यक्षद्धय गजेन्द्र ताम्ली , रुद्र बजगाई , पुर्व जनप्रतिनिधि लक्ष्मीप्रसाद उप्रेती महिला नेत्री बिन्दा पौडेल लगायातले बजेटमाथि टिप्पनी तथा सुझाव राख्नुभएको थियो ।