कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिका १ दुर्गापुरमा संचालित शिव निर्माण सेवाद्धारा संचालित अलकत्रा फ्याक्ट्रीमा तत्कालिन नेकपा माओवादी केन्द्र तथा हालको नेपाल कम्युनिष्ट्र पार्टीको भातृ संगठन वाइसिएल नेपाल झापाको टोलीले पुन तालाबन्दी गरिदिएको छ ।
यसअघि तत्कालिन एमाले निकट युवाको भातृ संगठन युवा संघले समेत सो अलकत्रा फ्याक्ट्रीमा ताला लगाएको थियो । तर उद्योगको उत्पादनलाई गुणस्तर मापनका लागि पठाइने सहमति भएकपछि असार २२ गते गरिएको ताला ३ दिनपछि लगाएको ताला युवा संघका केन्द्रिय सदस्य पर्वतराज भण्डारीको रोहबरमा खुलाइएको थियो । तर गाउँ गाउँमा भएको पिचको समस्या अझैपनि ज्युका त्यु भएको भन्दै बाइसिएल झापा तथा कनकाई नगरकमिटिको युवाको टोलीले सो अलकत्रा फ्याक्ट्रीमा पुन ताला लगाएको हो । वाइसियल झापाका उपाध्यक्षद्धय कुमार आचार्य , गणेश मगर र कनकाई नगर अध्यक्ष कुमार रायको नेतृत्वको टोलीले अलकत्रा फ्याक्ट्रीमा गुणस्तरको सामाग्री उत्पादन नगरिएसम्मका लागि ताला लगाइएको वाइसियल झापाका उपाध्यक्ष कुमार आचार्यले बताउनुभयो । कनकाई ८ मा रहेको लक्ष्मीपुर क्षेत्रको हिमाली सडक , बुद्धशान्तिको जयपुर , शिवसताक्षीको धरमपुर लगायातका सडकमा निर्माणको केहिदिनमै सडक उक्किएको तथा पिचमै मोथेको झार उर्मिएको पाइएको वाइसिएल झापाका उपाध्यक्ष आचार्यले बताउनुभयो ।
यसअघिको युवा संघले के कारणले ताला लगायो र के कारणले खोल्यो आफ्नो संगठनलाई केहि जानकारी नभएको तथा जनजिविकासग सम्बन्धित सरोकारवाला सडक ,बाटो विकास निर्माण लगायातका कामहरु गुणस्तरहिन गरिएको पाइएमा आफ्नो संगठनले खबरदारी गर्नु पहिलो दायित्व भएको आचार्यले बताउनुभयो । वाइसियलले खराब गतिविधि गर्ने कम्पनीलाई सचेत गराएको तत्कालिन माओवादी केन्द्रका क्षेत्रिय इन्चार्ज तथा हाल कम्युनिष्ट पार्टीका नेता गोपाल प्रसाइले बताउनुभयो । यस अघि गाउलेहरुले अलकत्राको गन्ध आएको भनी व्यापक गुनासो आएपनि विकास निर्माणको काम हो किन विरोध गर्नु भनी चुप लागेकै हो अव त यस कम्पनीबाट उत्पादित सामाग्रीमै गुणस्तर कायम नभएपछि युवा समुहले ताला लगाएको जानकारी आएको प्रसाइले बताउनुभयो ।