कनकाई अनलाईन ।
कनकाई नगरपालिका १ दुर्गापुरमा संचालनमा रहेको एक अलकत्रा कम्पनीमा लगाएको ताला युवा संघले खोलेको छ ।
एकसाता अघि युवा संघ झापाको नेतृत्वमा रहेको एक टोलीले दुर्गापुरमा रहेको एक अलकत्रा कम्पनीमा गुणस्तरीयहिन सामाग्री उत्पादन गरेको भन्दै ताला लगाएको थियो । तर सो कम्पनीद्धारा उत्पादन गरि निर्माण गरिएको रोडलाई गुणस्तरको मापन गर्न पठाएपछि सो गुणस्तरको निर्णय नआउन्जेलसम्मका लागि अलकत्रा कम्पनीको ताला खोलिएको युवा संघले प्रेस विज्ञप्ति प्रकाशन गरेर जानकरी गराइएको छ ।
कनकाई नगरपालिका क्षेत्रमा यसअघि २ बटा यस प्रकारका अलकत्रा कम्पनीहरु संचालनमा रहेपनि गाउलेले विरोध गरेपछि एउटा भने बन्द अवस्थामा रहेको छ भने एउटामात्रै उद्योग संचालन हुदै आएको छ ।