कनकाई अनलाईन
चर्चित गित मुटु माग्यौ तिमिले मैले बाच्नु पर्छ लगायातका कालजयी गितहरुका रचनाकार प्रस्तुतकर्ता तथा नेपाल कम्युनिष्ट पार्टीका झापा गाउँ पालिकाका अध्यक्ष गजेन्द्र ताम्लीलाई एक गुण्डा समुहले गोली हानेर मारिदिने धक्की दिएको छ ।
युवा संघको झापाको नेतृत्वमा रहेको एक टोलीले गुणस्तरीयहिन अलकत्रा उत्पादन गरेपछि झापा सुरुड्गामा रहेको शिव निर्माण सेवाद्धारा ग्रैह कानुनी रुपमा ५ महिनादेखि संचालित अलकत्रा फ्याक्ट्ीमा ताला लगाएको थियो । सो कम्पनीले अलकत्रा उद्योग कहीपनि दर्ता नगरिकन गाउँलेको समेत आखा छलेर संचालन गर्दै आएको थियो । यस पहिले समेत अलकत्राको गन्धले गाइलेलाई दुःख दिएको भनेर गाउलेले विना अनुमति संचालनमा रहेको सो अलकत्रा उद्योग बन्द गर्न पटक पटक आग्रह र अनुरोध गर्दापनि उच्च राजनैतिक संरक्षणकै आडमा उद्योग संचालन हुदै आएको थियो ।
युवा संघले शुक्रबार कमसल सामाग्री उत्पादन गरेर रोड बनाउदा सबै उक्किएको भन्दै तालाबन्दी गरेको थियो । तालाबन्दी पछि पनि सो उद्योगमा रातीको समयमा उद्योग संचालन गरि अन्यत्रबाटै माल सप्लाई हुने गरेको पाइएको युवा संघ कनकाईका इन्चार्ज मोहन मिश्र बताउनुहुन्छ । यसैविच उद्योग खोल्न उद्योग संचालकहरुले दमकबाट गुण्डाको समुह ल्याएर धम्क्याउने गरेको नेपाल कम्युनिष्ट पार्टीका झापा गाउपाकिला अध्यक्ष गजेन्द्र ताम्लीले कनकाई अनलाईनलाई बताउनुभयो । आइतवार उद्योग खाल्न दवाव दिन आएको एक गुण्डाको समुहले आफुलाई उद्योग नखोले गोली हान्ने धक्की दिएको ताम्लीले बताउनुभयो । कस्ता कस्ता राजा महाराजाहरुलाई तहलगाएर आएको हाम्रो गौरवशाली संगठन युवा संघ र सिड्गो कम्युनिष्टपार्टीलाईनै अपमानित गर्ने गरि गरिएको धक्कीको पहिले कानुनी र पछि नभएमा बल प्रयोगको बाटो समेत खोजिने युवा नेता ताम्लीले बताउनुभयो । यता शिव निर्माण कम्पनीका संचालक दिपककुमार सिंहले आफु र आफ्नो समुहले त्यस्तो कुनै क्रियाकलाप नगरेको बरु कम्पनीबाट अलकत्रा लिन आउने अरु ठेकेदारले सामान नपाउदा बन्द गर्ने समुहसग विवाद गरेको हुनुसक्ने र आफ्नो त्यसमा कुनै सहमति नरहेको बताउनु भयो ।