Kanakai Online

झापाली शिक्षक निस्किए मेचीकाली पैदल यात्रामा


आइतवार, असार २४, २०७५ |

लीलाराज झापाली
सुरुङ्गा असार २४ गते । देशमा शैक्षिक क्षेत्रमा भएको विकृति अन्त्य र कर्मयोगी शिक्षकहरुको पहिचान गरि राज्य र नागरिक समाजले सम्मान गर्नुपर्ने माग सहित झापा शिवसताक्षी नगरपालिका ७ लालपानी माविका शिक्षक प्रकाशचन्द्र पौडेल मेचीकाली पैदल यात्रमा निस्कनुभएको छ ।
शनिवार नेपालको पुर्वीद्धार मेचीपुलबाट सुरु गर्नुभएको शिक्षक पौडेलको पैदलयात्रा करिव २२ दिनपछि महाकालीमा पुगेर टुङ्गिने शिक्षक पौडेलले जानकारी दिनुभयो । यस विचमा शिक्षक पौडेलले नेपालका विभिन्न भागमा रहेका शिक्षक , विद्यार्थी तथा निति निर्माण तहमै भएका समस्याहरु समेत टिपोट गरि सम्बन्धित निकायको ध्यान आकर्षण गर्ने समेत बताउनु भयो । कर्मयोगि शिक्षकहरुको पहिचान , एकता , अधिकार र सम्मान भन्ने नारा तय गरेर पैदलयात्रा निस्कनुभएका शिक्षक पौडेल शारीरिक रुपमा अपाङ्ग समेत रहनुभएको छ । दैनिक ७० किलोमिटरको यात्रा तय गर्ने बताउनुभएका ५१ ब्र्षिय शिक्षक पौडेल ३० वर्षदेखि शिक्षण गर्दै आउनुभएको छ । उहाको पैदल यात्रामा बाटोमा विभिन्न शैक्षिक तथा सामाजिक संघ संस्थाले सम्मान तथा सहयोग गर्दै आउनुभएको छ । शिवसताक्षी वार्ड नम्बर ७ का वार्डअध्यक्ष नविन इजम तथा स्थानीय कनकाई सृजनशील क्लवले समेत पौड्यालको यात्रमा आर्थिक तथा अन्य सहयोग गरेको छ ।