Kanakai Online

कनकाई ३ का गरिबले पाए बाख्राका पाठा


मङ्गलवार, असार १९, २०७५ |

कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिका ३ का ४६ गरिब तथा लक्षित बर्गका परिवारले प्रतिघर एउटाका दरले बाख्राका पाठा निशुल्क पाउने भएका छन ।
कनकाई नगरपालिका ३ नम्बर वार्डको लक्षित बर्गको बजेटबाट सो वार्डका ६ टोललाई प्रत्येक टोलमा ७ वटाका दरले बाख्राका पाठा वितरण गरिने भएको हो । यसैविच शनिवारबाट गरिब परिवारलाई बाख्राका पाठा वितरण सुरु गरिएको छ ।

नमुना टोलमा आयोजित कार्यक्रममा वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , वार्डसदस्यहरु युवराज चम्लागाई र छवि थपलिया तथा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य लीलाराज झापालीले संयुक्त रुपमा बाख्राका पाठा वितरण गर्नुभएको हो । बाकी अन्य टोलमा समेत क्रमश बाख्राका पाठा वितरण गरिदै लगिने वार्डअध्य रुद्रप्रसाद चिमरियाले बताउनुभयो । हाल लोकल जातकै भएपनि बाख्राका परिवार वार्डमा ४२ घरपरिवारलाई वितरण गरिएको बताउदै यस वर्षको कार्यसफलता हेरेर पछिल्लो वर्षदेखि बोयर जातका बाख्राका पाठा वितरण गरिने चिमरियाले बताउनुभयो । पहिलेका वर्षहरुमा लक्षित बर्गको बजेट तालिमको नाममा २ पिस सिगंडा खुवाएर सकिदै आएकोमा यसवर्षदेखि जनप्रतिनिधि आएपछि बजेटको सदुपयोग गरिएको सहभागिले बताए ।