Kanakai Online

कनकाई मावि सामुदायिकमा जिल्लाकै प्रथम प्यारागन एकाडेमी कनकाईको उत्कृष्ट विद्यालय


मङ्गलवार, असार १९, २०७५ |

कनकाई अनलाईन ।
झापाको कनकाई मावि सुरुङ्गा सामुदायिक विद्यालयमा जिल्लामै प्रथम भएको दावी सो विद्यालयले गरेको छ ।
हालसम्म उपलब्ध परिणाममध्ये कनकाई माविको नतिजा सामुदायिक विद्यालयमा उत्कृष्ट रहेको पाइएको हो । यस विद्यालयमा सहभागि २ सय ७७ विद्यार्थीमध्यै ५ जना विद्यार्थीले एप्लस नतिजा ल्याएका छन । भने ३८ जनाले ए यसैगरि ४२ जना बी प्लस , ४३ जना बी , ६५ जना सी प्लस , ७९ जना सी प्लस नतिजा ल्याएका छन । यसैगरी ५ जना विद्यार्थीले भने डि प्लस नतिजा पनि ल्याएका छन ।
यसैगरि २०७४ सालको एसइइमा यस वर्षको कनकाई नगरपालिकाकै उत्कृष्ट विद्यालय भने सुरुङ्गाकै प्यारागन एकाडेमी हुन सफ लबनेको छ । प्यारागन एकाडेमीमा सहभागि ३७ जना विद्यार्थीमध्ये ६ जनाले ए प्लस नतिजा ल्याएका छन यसैगरि १६ जनाले ए , र १५ जनाले बी प्लस नजिता ल्याएका छन । बी प्लस बाहेक तलको नतिजा कसैले पनि नल्याएको विद्यालयका पिन्सिपल डिआर सुवेदीले बताउनुभयो । यसैगरि कनकाई नगरपालिकामा कनकाई मावि सुरुङ्गा दोस्रो र अरुणोदय अंग्रेजी मावि घैलाडुब्बाले तेस्रो स्थान हासिल गर्न सफ लबनेको छ । यस विद्यालयमा सहभागि विद्यार्थीहरुमध्ये ४ जना ए प्लस , १३ जना ए , ३३ जना बी प्लस ३० जना बी र ९ जना सी प्लस नतिजा ल्याउन सफ लबनेको छ । यसैगरि कनकाई नगरकै पुरानो निजी स्तरबाट संचालित पशुपति अंग्रजी माविले समेत यस वर्ष उत्कृष्ट नतिजा ल्याउदै चौथो स्थान ल्याउन सफ लबनेको छ ।
यस विद्यालयले १ जना ए प्लस १३ जना ए , ३३ जना बी प्लस ३० जना बी र ९ जना बी ल्याउन सफ लबनेका छन । यसैगरि दिव्यरत्न अंग्रेजी विद्यालय कनकाई नगरपालिकाको पाचौ हुन सफ लबनेको छ । यस विद्यालयले १ जना ए प्लस १ जना ए र १४ जना विद्यार्थीले बी प्लस नतिजा ल्याएको विद्यालयका पिन्सिपल सागर ढुङ्गानाले बताउनुभयो । कनकाई नगरपालिकामा यी बाहेक अरु विद्यालयले ए प्लस नतिजा नल्याएपनि रिजल्ट भने पहिले भन्दा राम्रो रहेको स्रोत शिक्षक मेदनीप्रसाद पाठकले बताउनुभयो । कनकाईमा हरिकुल माविमा ५ जना ए , ९ जना बी प्लस , १८ जना बी , १२ जना सी प्लस र ४ जना सी प्लसमा उर्तीण भएका छन । कनकाई नगरपालिकाबाट पहिलो वर्ष एसइइ परिक्षामा सहभागि बेनुबाजा अंग्रेजी माविले समेत उत्कृष्ट परिणाम ल्याएको छ । २३ जना सहभागि भएकोमा ७ जना ए र १० जना बी प्लस , ४ जना बी र २ जना बिद्यार्थी सी प्लसमा उर्तीण भएका छन । यता सामुदायिक तर्फ सरस्वती मावि जामुनवारीमा ४४ जना विद्यार्थी सहभागि ३ जना बी प्लस , ९ जना बी , १६ जना सी प्लस , १५ जना सी ग्रेडमा उतीण भएका छन ।
यसैगरि चम्पापुर माविमा ५३ जना सहभागि विद्यार्थीमा १ जना ए मा सहित १ जना बी प्लसमा ४ जना बी मा , १३ जना सी प्लसमा , र २१ ज्ना डि प्लसम उर्तीण भएका छन । यसैगरि आर्दश मावि घैलाडुब्बामा ५६ जना सहभागि भएकोमा २ जना बी प्लस , ३ जना बी , १० जना सी प्लस २४ जना सी , १५ जना डी प्लस र २ जना डि नजिता ल्याएका छन । संस्थागत तर्फ नवयुग शिक्षा नितेतनबाट ४४ जना विद्यार्थीमध्ये १३ जना ए , १६ जना बी प्लस , १३ जना बी १ जना सी प्लस र १ जना सी ग्रेडमा उतीर्ण भएका छन । यता कनकाईकै फक्तालुङ्ग एजुकेशन दुर्गापुरमा सहभागि १५ जनामध्यै २ जना ए , ११ जना बी प्लस र २ जना बी ग्रेडमा उर्तीण भएका छन । यसैगरि पहिलोपटक सहभागि सुरुङ्गाका चम्पा फ्लावर्समा ९ जना बिद्यार्थी मध्ये २ जना बी प्लस , ४ जना बी ३ जना सी प्लस ग्रेडमा उत्तीर्ण भएका छन । अर्को विद्यालय झापा मेरिगोल्डले समेत १० जना ए , २८ जना बी प्लस , २८ जना बी , १३ जना बी ग्रेडमा उत्तीण बनेका छन ।
 
झापा गाउँपालिकामा चन्द्रज्योती उत्कृष्ट
यसैगरि झापा गाउँपालिकामा चन्द्रज्योती अंगेजी मावि उत्कृष्ट भएको छ ।
यस विद्यालयबाट सहभागि ४७ विद्यार्थीमध्ये २ जना ए प्लस , १९ जना ए , १४ जना बी प्लस र ३ जना विद्यार्थीले सि प्लसको नजिता ल्याएर झापा गाउँपालिकाकै सवोकृष्ट विद्यालय हुन सफ लबनेको छ । यसैगरि झापा गाउँपालिकामै सामुदायिक तर्फ कुवाडीदेविले उत्कृष्ट नजिता ल्याएको छ । यस विद्यालयले १ जना विद्यार्थीले ए , ४ जनाले बी प्लस , ६ जनाले बी , ६ जनाले सी प्लस नजिता ल्याएका छन ।

सम्बन्धित खबर