Kanakai Online

कनकाइमा विदेसी संस्था खोल्ने होडबाजी


शुक्रवार, असार १५, २०७५ |

कनकाई अनलाईन
सुरुङ्गा । सुरुङ्गामा एकपछि अर्को अन्र्तराष्ट्रिय सम्बर्धन पाएका क्लव खोल्ने होडबाजी चलेको छ ।
यस क्षेत्रमा जेसिज , लायन्स पछि भर्खरैमात्र रोटरी क्लव पनि खुलेको छ । यी तीनैवटा अन्र्तराष्ट्रिय क्लवहरु धनी युवाहरुको जमघट गर्ने र सेव ागर्ने क्लवका रुपमा परिचित छ । बेला मौकामा विदेशी मुलुकहरुमा समेत मिटिङ्ग बैठक गर्दै आएको यस क्लवहरुको सदस्यता बनेवापतमात्रै पनि ठुलो रकम विदेशमा बुझाउनुपर्ने नियम छ । तर युवाले यसमा सदस्य बनेवापत तालिम र कार्यक्रमहरु भने पाउदै आएका छन । यस्ता खाले क्लवलाई कनकाई नगर क्षेत्रमा भित्राउनेमा यस क्षेत्रका युवा लीला चिमरिया अग्र पङ्तीमा आउछन । उनको सक्रियतामा १० बर्ष पहिले जेसिजको स्थापना गरिएको थियो । केहि वर्ष पहिले चिमरियाकै नेतृत्वमा लायन्सको समेत स्थापना गरिसकिएको छ । यी दुवै क्लवको हाल आफै निजि भवन समेत निर्माण भइसकेका छन । पछिल्लो समयमा यस क्षेत्रमा रोटरी क्लवको समेत स्थापना गरिएको छ । यसको संस्थापक अध्यक्षका यस क्षेत्रका शैक्षिक व्याक्तित्व लक्ष्मीप्रसाद उप्रेती रहनुभएको छ । यद्पी यसको औपचारिक रुपमा क्लवको उद्घाटन भने भइसकेको छैन ।
रोटरीका अन्य पदहरुमा समेत यसअघिका क्लवहरु लायन्स र जेसिजकै पदाधिकारीको जमघट रहेको बुझिएको छ । जसमा कुमारमणि पोखरेल , टिकाप्रसाद जम्मरकट्टेल , डम्बरप्रसाद फुयाँल , मोतीखर ओझा , शिव कडेँल , तुलसीप्रसाद विमली , प्रेमप्रसाद चुडाल , मिनाल तिम्सिना , जविन तिम्सिना , ख्यामप्रसाद ओली , अर्जुन बोहोरा , कमल कट्टेल , भरत ढकाल , विकास उप्रेती हरि फुयाँल , लगायातका युवारहेको वताइएको छ ।
यो सगै यस क्षेत्रका युवा र व्यावसायीहरु विदेशी संघ संस्था खोल्नमा होडवाजीनै चलेको छ । यस पछि यस क्षेत्रका अन्य युवाको सक्रियतामा अर्को विदेशी संस्था राउण्ड टेवलको समेत स्थापनाको तयारीमा रहेको बुझिएको छ । हालसम्म कनकाई नगरपालिकाभित्र संचालित अन्य संस्थाहरुमध्ये रोटरी सबैभन्दा महगो संस्था मानिएको छ ।