रविना राई र चन्द्रा कोइराला
सुरुङ्गा क्षेत्रका नागरिकलाई सुरक्षा प्रदान गर्न इलाका प्रहरी कार्यालय सुरुङ्गालाई एकथान मोटरसाइकल प्रदान गरिएको छ ।
कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई एकथान मोटरसाइकल प्रदान गरेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख असइ धोजकुमार तामाङ्गलाई एफजेट १५० सिसिको मोटरसाइकलको चावी हस्तानतरण गर्नुभयो । २ लाख ७० हजार मुल्यको सो मोटरसाइकल नगरपालिकाले खरिद गरेर इलाका प्रहरी कार्यालयकै नाममा पास गरिदिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । यस पहिले प्रहरीसग एउटा थ्रोत्रो गाडी र मोटरसाइकलमात्रै रहेको थियो । दुबै साधन अत्याधिक गतिले दौडन नसक्ने र पुराना हुदा दुर्घटना लगायातका बेला साधनकै कारण प्रहरी समयमै पुग्न नसकिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी जवान काशी निरौलाले बताउनुभयो ।
अव कम्तीमा प्रहरीको उपस्थिति समयमै हुन्छ निरौलाले भन्नुभयो मोटरसाईकल हस्तानतरण कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई , कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र कार्की , नेपाल कम्युनिष्ट पार्टी नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्साल , कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , कनकाई नगरपालिकाका ५ नम्बर वार्ड अध्यक्ष कृष्ण राई , ६ का वार्ड अध्यक्ष लक्ष्मी ओली लगायातको उपस्थिति रहेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका १ , २ , ३ , ४ , ५ तथा ६ , ७ , र ८ का समेत केहि क्षेत्र हेर्दै आएको छ । काठ चोरी तस्करीको प्रमुख नाका मानिदै आएको यस सुरुङ्गा क्षेत्रमा प्रहरीलाई साधन उपलब्ध गराइएसगै यसको नियन्त्रणमा समेत मद्धत मिल्ने विश्वास लिइएको छ ।
दुबै साधन अत्याधिक गतिले दौडन नसक्ने र पुराना हुदा दुर्घटना लगायातका बेला साधनकै कारण प्रहरी समयमै पुग्न नसकिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी जवान काशी निरौलाले बताउनुभयो ।
तस्वीर ः प्रहरीलाई मोटरसाइकलको साचो हस्तानतरण गर्दै नगरप्रमुख पोखरेल , तस्वीर रोहित कोइराला /कनकाई अनलाईन