रविना राई र चन्द्रा कोइराला
झापाको कनकाई नगरपालिकाका बालवालिकाहरुको नृत्य प्रतिभालाई उजागर गर्ने उद्धेश्यका साथ गत चैत्र १९ गतेदेखि आयोजित नृत्य प्रतियोगिता सुरुङ्गा डान्स च्याम्पको उपाधि स्थानिय पशुपति अंग्रेजी माविमा कक्षा ८ मा अध्यानरत् अस्मिता श्रेष्ठले जितेकी छिन ।
१०४ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठले नगद १५ हजार र २ थान मोवाइल , सहितको पुरस्कार रहेको सो प्रतियोसगताको उपाधि जितेकी हुन । यसैगरी हरिकुल नमुना माविका दिपक शिवाकोटी दोस्रो र दिपिका सेलवाल तेस्रो र आदर्श कार्की चौथो भए । दोस्रो हुनेले नगद १० हजार र एक थान साइकल , यसैगरि तेस्रो हुनेले नगद ५ हजार र चौथो हुनेले प्रमाणपत्र पाएका छन । विजयी तथा उपविजयी हुनेलाई नृत्य कलाकार संघका प्रदेश संयोजक सुनिल थापा , कनकाई नगरका वडानम्बर ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया , नृत्य कलाकार संघका जिल्ला अध्यक्ष लोकचन्द्र श्रेष्ठ लगायातले पुरस्कार वितरण गर्नुभयो । पहिलो कार्यक्रमनै सफल भएको भन्दै यस डान्स च्याम्पलाई क्रमश निरन्तरता दिदै जाने आयोजक सरस्वती कला केन्द्रका प्रोपाइटर समिर रम्तेलले जानकारी दिनुभयो । कार्यक्रमको संचालन चर्चित उद्यषोषक तथा फिल्म निर्माता राजेश घतानीले गर्नुभएको थियो ।
कार्यक्रममा सरस्वती कला केन्द्रका विद्यार्थी तथा चर्चित कलाकार माधव भेट्वाललगायातले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । यसैविच यस क्षेत्रमा लामो समयदेखि गित संगितमा लाग्नुभएका संगित साधक गुरु धुब्र पाठकलाई सम्मान समेत गरिएको थियो ।