– साकार लामा / दैनिक नेपाल
बिश्व स्पोर्ट्समा पहेँलो रगंको अर्थ हुन्छ( डोमिनेशन अर्थात बर्चस्व। चाहे त्यो क्रिकेटमा अष्ट्रेलियाको होस् या फुटबलमा ब्राजिलको । दुवैले एकछत्र राज गर्दै आएका छन्। पाँच पटकको विश्वविजेता राष्ट्र ब्राजिल प्रत्येक विश्वकप संस्करणको दावेदर रहन्छ। पेले, रोमारियो, रिभाल्डो, रोनाल्डो, रोनाडिन्होको टिम ब्राजिल यसपटक विश्वकै सवैभन्दा महँगो खेलाडी नेमारको टिम हुनेछ। यसपटकको ‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘ई’ को टिम ब्राजिललाई यो रसियन विश्वकपको सबैभन्दा दाबेदार टिम मानिएको छ। विश्व बुकमार्कर्सको आँकलन हेर्ने हो भने यो विश्वकप जित्ने सबैभन्दा धेरै सम्भावनामा तीस प्रतिशतसहित ब्राजिल अग्रस्थानमा छ। ‘हट एण्ड ह्युमिड सम्वा’ राष्ट्रलाई रसियाको ठन्डी कति फाप्ने हो त्यो भने निकै रोचक हुनेछ।
यसपटकको ‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘ई’ को टिम ब्राजिललाई यो रसियन विश्वकपको सबैभन्दा दाबेदार टिम मानिएको छ। विश्व बुकमार्कर्सको आँकलन हेर्ने हो भने यो विश्वकप जित्ने सबैभन्दा धेरै सम्भावनामा तीस प्रतिशतसहित ब्राजिल अग्रस्थानमा छ।
ब्राजिलको स्वर्णिम इतिहास
विश्वकप फुटवलको स्वर्णिम इतिहास बोकेको राष्ट्र ब्राजिलले सन् २००२ को विश्वकप यता यो प्रतियोगितामा सफल भएको छैन। फुटबल बिश्वकप जत्रो ठूलो प्रतियोगितामा केबल तीन संस्करणको असफलता ब्राजिल बाहेक अरु कुनै पनि राष्ट्रको लागि सामान्य नतिजा नै हुन्छ । तर ब्राजिल जहाँ फुटबललाई खेल नभई संस्कृतका रुपमा लिइन्छ । र, यो पछिल्लो तीन संस्करणको असफलतालाई ‘सम्वा नेशन’का लागि कुनै पनि मानेमा सामान्य मान्न सकिँदैन। युरोपमा हुने बिश्वकप प्रतियोगितामा ‘युरोपियन नेशन’ले नै ‘डोमिनेट’ गर्दै आएका छन् तर ब्राजिल जुन एक मात्र ‘नन युरोपियन’ देश हो, जसले सन् १९५८ को संस्करणमा आयोजक राष्ट्र स्वीडेनलाई फाइनलमा हराएर बिश्वकप चुमेको थियो। बिश्वकप छनौटको आफ्नो समूहमा अग्रस्थानमा रहेर यो प्रतियोगितामा प्रवेश गरेको ब्राजिलको पक्षमा उसको सुनौलो इतिहास पनि छ।
‘ट्याकटिकल सम्वा’
९ जुलाई २०१४ यो मिति बिश्व फुटबलमा ब्राजिलका लागि आफ्नो इतिहासकै कालो दिनका रुपमा रह्यो। त्यो ब्राजिलको बिश्वकप सेमिफाइनलको जर्मनविरुद्धको म्याच थियो । जसमा ब्राजिली टिमले लज्जास्पद ७(१को हार व्यहोरेको थियो। १९५८ देखि १९७० को अबधिमा भएका ४ मध्ये ३ बिश्वकप जितेको महान ब्राजिल टिम त्यो हार पछि टुटको संघारमा थियो । पाँचपटकको विश्बविजेता ब्राजिलले २०१४ को बिश्वकपमा गुमेको साखलाई फर्काउने उद्देश्यसहित आफ्नो पुराना कोच तथा खेलाडी डुंगालाई म्यानेजरको जिम्मा दिएको थियो। तर लगातारको असफलता र २०१८ को बिश्वकप संस्करणको छनौट चरणबाटै बाहिरिने खतरापछि ब्राजिलले डुंगाको स्थानमा टिटेलाई अनुबन्धित गर्यो। टिटे ब्राजिली व्यवसायिक फुटबलका निकै सफल म्यानेजर हुन । र, उनको आगमनसंगै ब्राजिलको टिम निकै बलियो देखिएको छ। ब्राजिल फुटबलको पुनःउत्थानका नायक टिटेले नेमरलाई सही प्रयोग गरेका छन । र, साथै उनको अनुपस्थितिमा पनि टिम ब्राजिललाई नेमार बिना पनि राम्रो खेल्न सक्ने टिम रुपमा देखाएका छन्। ४(१(४(१ को फर्मेशनमा खेल्ने टिटेको ब्राजिली टिम निकै नै हाईप्रेसिङ्ग खेल खेल्दै आएको छ। मिड्फिल्डमा पनि युरोपेली शैलीको अनुशासनात्मक पासिङ्ग गेम ब्राजिलले अपनाएको देखिन्छ। र, ठूला टिमहरुसँग खेल्दा ४(२(३(१ वा ४(३(२(१ को फरमेशनमा पनि खेलेको पाइएको छ। जसमा मिडफिल्डरहरु रेनेटो, फर्नानडिनो, क्यासामिरो, पाउलिनियोको, अलराउन्ड प्लेको भरपुर उपयोग गरेको पाइयो। टिटेको यो सेलेकावो टिम अनुभव र युवा जोशको समिश्रण हो। जहाँ मारसेलो, मिरेन्डा, सिल्भा जस्ता अनुभवीहरुलाई जेजस र अलिसन जस्ता क्षमतावान् युवाहरुको साथ छ। रणनीतिक रुपमा टिटेको ब्राजिली टिम निकै नै शक्तिशाली छ।
ड्रिम डिफेन्सलाई ९सबल पक्ष०
ब्राजिल भन्ने बित्तिकै हामी पेले, रोनाल्डो सम्झन्छौं, उनीहरुले गरेका गोलहरु सम्झन्छौं। ब्राजिल सँधै धुरन्धर स्ट्राइकर्सहरुको टिम रहँदै आएको छ। तर, यसपटकको ब्राजिल भने निकै फरक छ। यो टिम स्टार डिफेन्डरहरुले भरिएको छ, जसको नेतृत्व कप्तान थियागो सिल्भाले गर्छन्। युरोपेली पावरहाउस पिएसजीका कप्तान सिल्भालाई विश्वकै नम्बर एक डिफेन्डर मानिन्छ र उनको नेतृत्वको ब्राजिली रक्षापंक्ति नै ब्राजिलको सबैभन्दा सबल पक्ष हो।रियलका मारसेलो, पिएसजीका मर्किहिनोस, सिटीका डयानिलो, इन्टरका मिरान्डा, एथलेटिकोका फिलिपे लुइसे सजिएको डिफेन्सलाई भेदनु संसारका कुनैपनि टिमलाई सहज हुनेछैन। पछिल्लो सिजन प्रो(फुटबलमा निकै सफल भएका युवा गोलकिपरहरु सिटीका एडरसन र रोमाका एलिसनको जिम्मामा रहेको ब्राजिली पोष्ट निकै नै भरपर्दो छ। साथै, डिफेन्डिङ मिडफिल्डको रोलमा रहेका फरनान्डिहिनो र क्यासमिरोले यो ब्राजिली डिफेन्सलाई झनै शक्तिशाली बनाउनेछन्।
गोलको खोजी ९कमजोर पक्ष०
यसपटकको ब्राजिलको टिम ब्यालेनश, बेन्च स्ट्रेन्थ, कोचिन्ग र रिसेन्ट फम हेर्दा उसमा खासै कमजोरीहरु छैनन्। ब्राजिलको कमजोरी तुलनात्मक रुपमा उसको सेन्ट्रल फरवार्ड पोजिशन हो। यसपटकको ब्राजिली टिममा शुद्द नम्बर नाइन छैन। आजभोलि प्रायः हरेक टिममा यो रोलको एउटा बिग सेन्ट्रल फरवार्ड हुन्छ, जसले डि(बक्श भित्र वा आसपास रही स्कोर गर्छ। चाहे ट्याप ईन बाट होस्, हेडर बाट होस् र डिफेन्डरलाई मसल वा आउट पेस गरेर रेगुलेशन गोल गर्ने स्ट्राइकरको कमी ब्राजिललाई हुनेछ।
पोल्यान्डको लागि लेवानडोस्की, ईंग्लिन्डका लागि ह्यारी केन र स्पेनका कोस्टा भने जस्ता ब्राजिलका लागिको भन्ने विश्वकपभर नै प्रश्नवाचकका रुपमा रहनेछ। यसको मतलब अब गोलका लागि ब्राजिलले गोल मिडफिल्ड र विङ्सवाट खोज्नु पर्ने हुनेछ। वा स्पेनिस शैलीको फल्स नम्बर नाईन रोलमा रोवर्टो फिरिमिनो वा जेससलाई खेलाउनु पर्नेछ। यी दुवै खेलाडीले व्यवसायिक फुटबलमा आफ्नो टिम लिभरपुल र सिटीका लागि त्यो रोल निभाउँदै पनि आएका छन्। तर, पारम्परिक डाईरेक्ट फुटबल खेल्ने ब्राजिललाई नयाँ शैली अपनाउन भने निकै ठूलो चुनौति हुनेछ।
प्लयेर टू वाच फर
ब्राजिलका लागि मात्रै होइन, यो पूरा बिश्वकपको नै प्लेयर टू वाच हुन्, नेमार जुनियर । नेमारको जादुमय खेल क्षमतामा कुनै पनि शंका छैन तर समस्या उनको फिटनेश हो। दुईसय बाईस मिलियन युरो मुल्यका नेमार २५ फेब्रुअरी २०१८ देखि मैदानमा उत्रिएका छैनन् । तीन महिनाको इन्जुरीपछि विश्वकपमा फर्किन लागेका २६ बर्षीय पिएसजी स्टार नेमारको प्रदर्शनमा नै ब्राजिलको विश्वकप यात्रा निर्भर रहनेछ। साथै, चेल्सीका सेट पिस स्पेसलिष्ट विलियन, बारसाका मिडफिल्डर कोहोटिनो र थियागो सिल्भाको खेल पनि ब्राजिलका लागि निकै महत्त्वपूर्ण हुनेछ। तर, एउटा अर्को याद गर्नुपर्ने नाम २० बर्षीय गयबरियल जेजसको हो। सिटीका स्टार सेनसेस जेजस यो बिश्वकपमा विपक्षी टिमहरुका डिफेन्सको टाउको दुखाइ बन्ने निश्चित छ।
ब्राजिल जर्मनसँग बदला त चाहन्छ तर प्रतियोगिताको सुरुवातमा नै त्यो भिडन्त उसको रोजाइ हुनेछैन। बुकमार्कर्स र गणितिज्ञहरु अनुमानमा ब्राजिलको सेमिफाइनल भिडन्त फ्रान्स र फाईनल भिडन्त जर्मनसँग हुनसक्ने छ।
रोड टू ग्लोरी ९मार्गचित्र०
‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘इ’ कोस्टरिका, सर्विया, स्विजेरल्यान्डसँगै रहेको ब्राजिली टिमले ग्रुप टप गर्ने अनुमान गरिएको छ। ग्रुप स्टेजमा प्रथम नभए ब्राजिलको अन्तिम( १६को खेल जर्मनसँग पर्ने सम्भावना रहन्छ, जुन ब्राजिल चाँहदैन। ब्राजिल जर्मनसँग बदला त चाहन्छ तर प्रतियोगिताको सुरुवातमा नै त्यो भिडन्त उसको रोजाइ हुनेछैन। बुकमार्कर्स र गणितिज्ञहरु अनुमानमा ब्राजिलको सेमिफाइनल भिडन्त फ्रान्स र फाईनल भिडन्त जर्मनसँग हुनसक्ने छ। ब्राजिलको बिश्वकपको स्क्वाडमा रहेका २३ मध्ये १४ खेलाडीहरुले यस बर्षमा आफ्नो व्यवसायिक टिमका लागि घरेलु लिग जितेका छन्। यसको मतलब ब्राजिली टिममा रहेका खेलाडीहरु लयमा छन् र टिम ब्राजिल विजेताहरुको टिम हो। यसै कारणले ब्राजिल टिमले रोड टू ग्लोरीको यात्रा रसियामा तय गर्ने प्रवल सम्भावना छ।
अन्तिम लक्ष्य
ब्राजिलको एकमात्र र अन्तिम लक्ष्य रसिया २०१८को विश्वकप जित्नु नै हुनेछ। यस त्यसभन्दा पनि फाइनलमा जर्मनलाई हराएर जित्नु हुनेछ।