लीलाराज झापाली
बर्खा यामको सुरुवाती समयसगै झापा र दक्षिणी इलाम सिमाको चुरे वन क्षेत्रमा काठ चोरी तस्करीका घटना बढेर गएको छ ।
एकसाता दिनसभित्रै यस क्षेत्रमा काठ चोरी तस्करीमा संग्लन व्याक्ति , सयौ क्युफिट साखु जातका काठ र चोरी तस्करीमा संग्लन सवारी समेतसेक्टर वन कार्यालय , र प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि वडाएको छ ।
काठ चोरी तस्करीमा गलत नम्बर प्लेट हालिएका ट्रिफर र बुलेरो जिप समेत काठ सहित बरामद भएपछि काठ तस्करीको डरलाग्दो रुप झापा र इलाममा देखापरेको हो । गत शनिवार विहान ३ बजे झापा इलाम सिमा चुलाचुली हुदै रतुवा खोलाकिनारमा २९ क्युफिट साखु जातको चिरान काठ र ११९ क्युफिट गोलीया काठ तस्करी गरेर झापातर्फ लैजादै गरेको अवस्थामा ना अ ४ प ७८३ नम्बरको १० चक्के ट्रिफर शसस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको छ ।
प्रहरीले सो ट्रिपर चालक मोरङ उर्लावारी नगरपालिका ३ निवासी पदम ढुङ्गानालाई समेत पक्राउ गरिएको छ ।
प्रक्राउ गरिएका चालक ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय इलाममा म्याद थपि अनुसन्धान भइरहेको तथा वरामद काठ र ट्रिपर सेक्टर वन कार्यालय सुखानीका प्रमुख सहायक वन अधिकृत रितेश भुषण बस्नेतले बताउनुभयो । नियन्त्रणमा लिइएको सो ट्रिपरको नम्बर नेपाल अधिराज्यभर नमिल्ने भएकोेले गाडीसमेत दुक्की कागजात नभएको हुनसक्ने बस्नेतले बताउनुभयो ।
बरामद काठ झापाका प्रतिष्ठित नेताको भएको प्रारंम्भिक जानकारीबाट खुलेको समेत वन कर्मचारीले बताएका छन । घटनावारे थप अनुसन्धान गर्न वन अधिकृत गंगाप्रसाद महत्तोको संयोजगत्वमा समिति समेत गठन गरिसकिएको जिल्ला वन कार्यालय इलामले जनाएको छ ।
यसैगरी सेक्टर वन कार्यालय सुखानीले अबैध रुपमा चिरान गरेको काठ लिदै गरेको अवस्थामा माईनगर–१ बाट बोलेरो जिप सहित ३६ थान साखुँ जातका गोलिया र १ सय १५.५७ क्यू.फि चिरान काठ बरामद गरेको छ । सेक्टर वन कार्यालय सुखानीको गस्ती टोलीले गोप्य सुचनाको आधारमा चुरे क्षेत्रबाट चोरी तस्कर गरी मे १ ज. १४४८ नम्बर को बोलेरो जिपमा ल्याउँदै गरेको अबैध रुपमा ३६ थान गोलिया इलामबाट झापा तर्फ जाँदै गर्दा विरिङ खोलामा बरामद गरिएको सेक्टर वन कार्यालय सुखानीका प्रमुख बस्नतेतले बताउनुभयो । काठ ओसार प्रसारमा संग्लन तस्करहरु भने फरार रहेको र उनीहरुको अनुसान्ध भैइरहेको समेत बस्नेतले जानकारी दिनुभयो ।यसैगरी
माईनगर–१ मा पनि बस्नेत नेतृत्वको गस्ती टोलीले १ सय १५.५७ क्यू.फि साखु जातको चिरान काठ बरामद गरेको छ । डपिङ साइटमा काठ भेटिएको थप अनुसान्ध भैइरहेको सेक्टर वन कार्यालयले जनाएको छ । प्रकाउ गरीएको जिप र काठ सेक्टर वन कार्यालयमा सुखानीमा राखिएको छ । यसैगरि झापाको जामुनवारी सामुदायिक वन समुहको घाटगद्धीमा राखिएको ११ क्युफिटका दुइ थान गोलीया चोरी गरि वनदेखि ३ किलोमिटरमा परालको माचमा लुकाइराखेको अवस्थामा सेक्टरवन कार्यालय सुरुङ्गाले सो गोलीया बरामद गरेको छ । गोलिया स्थानीय ५ जना स्कुले पढ्ने किशोरहरुले चोरी गरेकाले उनीहरुलाई सुधार गर्न अभिभावकको जिम्मा लगाइएको सेक्टर वन कार्यालयका कुमार कार्कीले बताउनुभयो ।
पछिल्लो समयमा चुरे क्षेत्र बाट अबैधरुपमा ढुङ्गा, बालुवा, गिट्टीका साथै काठ तस्करी बढेको छ । सामुदायिक बनका पदाधिकारीकै मिलेमतोमा अबैध रुपमा प्राकृतिक स्रोतको दहन बढ्दै गएको सरोकारवालाको आरोप छ । हालसम्म सो क्षेत्रमा काठ चोरी तस्करीमा प्रयोग भएका साना सिटी सफारी , साइकलदेखि १० चक्के ठुला ट्रिपर समेत प्रयोग हुनुले काठ चोरी तस्करी वढ्दै गइरहेको देखिएको दक्षिणी सेक्टर वन कार्यालय सुखानीका प्रमुख बस्नेत बताउनुहुन्छ । तस्करीमा संग्लनहरु हतहतियार सहित तस्करीमा आउने हुदा वन रक्षक र कर्मचारीको समेत जिउधनमाथिनै समेत सुरक्षाको चिन्ता थपिएको बस्नेत बताउनुहुन्छ । आफु चोरीको काठ बरामद गर्दा बुलेरो जिपको ठक्करबाट अलिकताले बचेको समेत बस्नेतले बताउनुभयो ।
तस्वीर ः तस्करीमा प्रयोग भएको १० चक्के ट्रिफर लीलाराज झापाली गोरखापत्र दैनिकबाट
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला