Kanakai Online

अब कनकाईमा स्वास्थ बिमाबाटै औषधिसहितको सेवा


मङ्गलवार, जेठ २२, २०७५ |

रविना राई र चन्द्रा कोइराला
सुरुङ्गा । कनकाई नगरपालिका क्षेत्रमा रहेका नागरिकहरुका लागि स्वास्थ्य विमा कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल उपप्रमुख मन्जु प्रसाई , वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया लगायातले यस क्षेत्रका लागि स्वास्थ्य फार्मेसीको सुरुवात गर्नुभएको हो । यस सेवाको सुरुवात सगै कनकाई नगरपालिका क्षेत्रका विमितहरुले कम्तीमा पनि औषधि सहितको सेवा तथा यस क्षेत्रमा उपचार सम्भव नभए अन्य अस्पतालहरुमा रेफर भएर जान पाउने भएका छन ।
नेपालका सम्पुर्ण सरकारी अस्पताल तथा विराटनगरको नोबेल मेडिकल कलेज , धरानको विपि कोइराला लगायातका अस्पतालमा विरामीले सेवा पाएपनि विर्तामोडका नाम चलेका विएण्डसी , विर्ता सिटी , मनोमोहन लगायातका अस्पतालमा भने यस सेवाको मान्यता नहुदा विरामीहरुलाई असुविधा भएको उनीहरुले बताएका छन ।
कनकाई नगरका ९ बटै वार्डमा विमा अभिकर्ताहरु खटाइसकिएको र ५ जनाको परिवारलाई २५ सय रकम तिरेपछि ५० हजारसम्मको विमाबाट निशुल्क सेवा पाइने कनकाई नगरपालिकाका स्वास्थ्य सेवा साखा प्रमुख राजीवकुमार विष्टले बताउनुभयो ।