रविना राई र चन्द्रा कोइराला
कनकाई नगरपालिकाभित्र बसोवास गर्दै आउने तर सामान्य रकम नभएकै कारण सहयोगको हात भन्दै गाउँगाउँमा माग्दै हिड्नेहरुको सङ्ख्यामा अभ भने कमि आउने भएको छ । कनकाई नगरपालिकाले यस्ता असक्क्त र बृद्धबृद्धाहरुको निशुल्क जिवन विमा गर्न सुरु गरेपछि कनकाई नगरपालिकाभित्रका झण्डै ३ हजारजना यस सेवाबाट लाभान्वित हुने भएका छन ।
कनकाई नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई नगरपालिकाले निशुल्क ५० हजारसम्मको जिवन विमा गर्न सुरु गरेको छ ।
बुधवार आज विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाभित्रका १२ जना वृद्धवृद्धालाई यस विमा वापतको रकम प्रदान गर्दै विमाको उदघाटन गर्नुभयो ।
सरकारले प्रत्येक घरपरिवारको अनिवार्य जिवनविमा गर्न सुरु गरेपछि नगरपालिकाले जेष्ठ नागरिक , पुर्ण अपाङ्ग , एकल महिला , जेष्ठ दलितहरुको विमित रकम नगरपालिकालेनै व्याहोर्ने लाई नगरपालिका प्रमुख पोखरेलले बताउनुभयो । यस सेवा पाउनेमा नगरभित्रका २२ सय १३ जना जेष्ठ नागरिक , ९० जना पुर्ण अपाङ्ग , ३९० जना एकल महिला र १२४ जना जेष्ठ दलित गरी जम्मा २ हजार ८ सय १७ जनाले यो सुविधा पाउने नगरपालिकाका कार्यकारी अधिकृत देवेन्द्र कार्कीले बताउनुभयो । वृद्धवृद्धा र असक्तहरु आवश्यक रकमको अभावमा रोग पालेर नवसुन भनेर नगरपालिकाले विमाका लागि १७ लाख रुपैँया रकम विनियोजित गरेर यस वर्षदेखि बिमा सेवा सुरु गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो । हरेक वर्षमा यस कार्यक्रमलाई निरन्तरता दिर्दै जाने समेत नगरप्रमुख पोखरेलले बताउनुभयो ।
तस्वीर विमा वापतको रकम र वृद्धभक्ता रकम हस्तानतरण गर्दै नगरप्रमुख पोखरेल
Trending
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी